Sunday, February 9, 2025
घरसमाचार‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’

‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो समग्र संगठनात्मक शक्तिमा उतारचढावका बीच राष्ट्रिय राजनीतिमा नयाँ विषयहरू उठाइरहेका हुन्छन् । यतिबेला पार्टी महाधिवेशन तयारीमा रहेका भट्टराईसँग अनलाइनखबरले आइतबार अपराह्न उनको विगतको समीक्षा, वर्तमानका प्राथमिकता, भावी योजना आदिबारे संवाद गर्‍यो । भट्टराईसँग बसन्त बस्नेतसुदर्शन खतिवडाका प्रश्नहरू :

तपाईंको व्यक्तिगत प्रभाव आफ्नो ठाउँमा होला, तर संगठित शक्तिमा ह्रास आएको हो ?

जसरी पनि सत्ताको सुखभोग गर्ने राजनीतिक कोणबाट हेर्दा ह्रास आएको देखिएला । तर हाम्रो जस्तो देशमा संरचनात्मक समस्या हल गर्ने रूपान्तरणकारी राजनीतिको पैरवी ८–१० वर्षयता गरिरहेको छु । यसरी जनतासामु हामीले पैरवी गरिरहेको अभियानलाई संसद्को सिट संख्या वा कति मान्छे आए/गए भन्ने आधारमा मूल्यांकन गर्न मिल्दैन ।

युग परिवर्तनसँगै राजनीतिक परिवर्तन हुँदैछ भन्ने सन्देश महत्वपूर्ण छ । विश्व–इतिहासमा यो चौथो चरणको राजनीति हो । पहिलो चरणको राजनीति कविलाई गणतन्त्रको थियो । दोस्रो चरणमा राजा–महाराजाको नेतृत्व रहेको निरंकुश राजनीति थियो । तेस्रो चरणमा आधुनिक औद्योगिकीकरणसँगै बहुदलीय प्रतिस्पर्धाको राजनीति थियो, जहाँ पूँजीवादी धारले निजी स्वतन्त्रतामा, साम्यवादी धारले समानतामा जोड गर्‍यो । यो युग बीसौं शताब्दीसम्म चल्यो । त्यो पनि पूरा भएर अब एक्काइसौं शताब्दीसँगै चौथो चरणको राजनीति सुरु भयो ।

नेपाल २००७ देखि २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि तेस्रो र चौथो चरणको राजनीति सुरु गर्नुपर्ने अवस्थामा छ । यसै कामलाई हामीले वैकल्पिक राजनीति भनेका छौं । त्यसले आकार लिन र शक्तिमा रूपान्तरण हुन केही दशक लाग्छ । म खुसी यस अर्थमा छु कि के–के कुरा काम लाग्दा रहेनछन् भन्ने यो बीचमा ज्ञान भयो । त्यसैलाई मूर्त रूप दिन महाधिवेशनमा हामी लागेका छौं ।

यो बीचमा के–के चाहिँ काम नलाग्ने भएका रहेछन् ?

पहिलो, विश्वमा नै जुन ढंगले अमेरिका, भारत, चीन, रूस जुन भिडन्त र टक्करमा गइरहेका छन्, एकाधिकारवादी समूहले नयाँ युगको माग गरिरहेका थिए, त्यस्तै विश्वव्यापी रूपमा नयाँ परिवर्तन भइरहेको रहेछ, तर हामीले त्यो चेतना पछ्याउन सकेका रहेनछौं भन्ने ज्ञान भयो ।

दोस्रो, हाम्रो समाजमा जुन पृष्ठभूमिमा दलहरू बने, त्यसबारे थाहा भयो । हामी भर्खरै सामन्तवादी राजतन्त्रात्मक युगबाट आधुनिक वैज्ञानिक युगमा प्रवेश गर्‍यौं । जनताको चेतना स्तर र आर्थिक अवस्था भने पुरानै युगको छ । मध्यकालीन सुधारहरूले देश बनाउन सकिन्छ कि भन्ने सोचमा उनीहरू छन् । पहिले प्रजापरिषद् अनि कांग्रेस-एमाले पार्टीहरू यसै सुधारको बाटोमा हिंडे । २०५२ सालअघिका कांग्रेस र एमाले एक किसिमले सञ्चालन हुँदै आए । त्यसपछि आएका दलहरूमा भएका कतिपय पात्र पनि उस्तै रहेछन् । यो पनि ज्ञान भयो ।

तपाईं आफू चाहिँ अहिले सत्तापक्ष कि प्रतिपक्षमा ? केन्द्रमा हेर्‍यो भने तपाईंले प्रतिपक्षीको भन्दा कडा भाषामा सरकारको आलोचना गरिरहेको सुनिन्छ । फेरि गण्डकी प्रदेशमा तपाईंका सांसद फणीन्द्र देवकोटा मन्त्री भएर बसेका छन् । खासमा तपाईंको पक्ष कता ?

हामी पक्ष पनि होइन, प्रतिपक्ष पनि होइन । हामी त समग्र राजनीतिक प्रणालीकै पुनर्संरचना खोजिरहेका छौं । सरकारमा को छ, बाहिर के छ भन्ने कुरा पुरानो संसदीय पाटो हो । हामी दुवै होइनौं । हामीले शक्ति आर्जन गर्ने क्रममा सडक, सदन, सरकार तीनै ठाउँमा काम गर्ने भनेका छौं । केही ठाउँमा सांसद पुगे वा गण्डकी जस्तो विशिष्ट अवस्थामा भने तुरुन्तै एक वर्षभित्र चुनाव गर्नुभन्दा बरु समर्थन गरेर बचाउँ भन्नेमा गयौं ।



तर, तपाईं सरकार बचाउन मात्रै होइन, सहभागी नै बन्न लाग्नुभयो नि त ?

त्यो त सहभागी भएर पनि त उपयोग गर्न सकियो नि ! गलत काम हाम्रो तर्फबाट हुँदैन । सामान्य सुधारका काम गर्न सकिन्छ भने ठिकै छ भनेको हो ।

तपाईंले अस्ति भर्खरै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई गम्भीर नैतिक प्रश्न उठाउनुभयो, ‘कुर्सीमै स्वर्गारोहण चाहेको हो तपाईंहरूले ?’ प्रश्न त गम्भीर नै हो, तर तपाईं आफैं सत्तामा मन्त्री पठाएर, सत्तापक्षको हिस्सा भएर यो कुरा सोध्न मिल्छ ?

समग्र राजनीतिक पुनर्संरचनाको कोणबाट यो सोध्न मिल्छ । उनीहरूसँग बसेर आफैं लिसो जस्तै टाँसिने भन्ने होइन । मन्त्री, सांसद, राजदूत बनाए पनि त्यो त्यहीँ टाँसिन्छ भने (हाँसो) यसरी अल्पचेतना र निम्न सांस्कृतिक स्तर राखेर सुधार हुँदैन भन्ने बोध भएको छ । त्यसैले उहाँहरूसँग बस्दा सतर्क पनि हुनुपर्ने रहेछ ।

तपाईं माओवादी छाडेर हिँडेको पनि नौ वर्ष भइसकेछ । हामी कहाँबाट आयौं, कता जानुपर्ने हो भन्ने दिशाबोध तपाईंमा देखिन्छ पनि । तर त्यो दिशाबोध अनुसारको पार्टी बनाउन चाहिँ किन नसक्नुभएको ?

हामीले वैकल्पिक राजनीतिको खाँचो भनेका हौं । मैले खाँचो नयाँ शक्तिको भनेको थिएँ २०७० सालमा । विश्व चौथो औद्योगिक क्रान्तिको नयाँ चरणमा, नेपाल पनि राजनीतिक परिवर्तनपछिको समयमा भएकाले मैले त्यो प्रस्ताव गरेको हो । एकाध दशकसम्म रूपान्तरणकारी राजनीतिले समय लिन्छ । महाधिवेशनमा यसको समीक्षा गर्छौं । कृषिप्रधान सामन्ती युगबाट जुन चेतनास्तर सहित वैकल्पिक राजनीति भनेका छौं, अर्को एउटा पार्टी बनाउनका लागि यो गरेका होइनौं । नयाँ ढंगको राजनीति नै भनेका हौं ।

तपाईं त्यस्तो राजनीतिक स्पेस देख्नुहुन्छ ? किनभने मानिसहरू कांग्रेस, एमाले र माओवादीलाई एउटा डालोमा राखेर विश्लेषण गर्छन् । रास्वपा लगायत स्वतन्त्र समूह अर्को डालोमा, राप्रपा लगायत पुराना राजावादी सम्वर्द्धनवादी दल अर्को डालोमा । संघीयता लगायत एजेन्डा राख्ने क्षेत्रीय समूहहरू अर्को डालोमा छन् । तपाईं कुन डालोमा? कि तपाईंको डालो अर्कै छ ?

वास्तवमा तीन वटा डाला हुन् । एउटा, २००७ सालमा राणासँग जुधेर उदारवादी लोकतन्त्र माग्ने कांग्रेस आए । त्यसका सीमा स्वतः देखिएकै थिए । दोस्रो, समानता सामूहिकता र समाजमा जोड दिन कम्युनिस्ट उदय भयो । एमाले र माओवादी एउटै हाँगाका दुई धार भए । तेस्रो, बहुभाषिक बहुजातीय मुलुकमा संघीयता क्षेत्रीय जातीयताका पहिचानवादी दल भए । चौथो डालो पनि भन्न सकिन्छ, पुरातनवादी कन्जरभेटिभ । यी मुख्य चार धार हुन् । खासमा यी एउटै युगका चार वटा रूख हुन् । हामीले रोप्न लागेको रूख नै अलग हो । हाँगा हालिसकेको छैन, तर बिरुवा उम्रेको देख्न सक्नुहुन्छ ।

त्यो कस्तो रूख हो ? के गर्छ त्यसले ?

त्यो कस्तो रूख हो भने, चौथो औद्योगिक क्रान्ति र एक्काइसौं शताब्दीसँगैको नयाँ युग अनुसारको पार्टी । डिजेल, पेट्रोलदेखि एआईसम्म आइपुग्दा नयाँ उत्पादन सम्बन्ध बन्न गयो । बायो टेक्नोलोजी, मान्छे नै के हो भन्नेसम्म भयो । नयाँ समाजको परिभाषा, नानो टेक्नोलोजी जस्ता सूक्ष्म ढंगले नयाँ समाज र उत्पादनको नयाँ सम्भावना ल्याइदियो । त्यसैले हिजोको अर्थतन्त्रको परिभाषाले मात्रै अब पुग्दैन । पर्यावरणीय संकट एउटा राष्ट्रिय राज्य, पार्टीभन्दा विश्व मानव जातिकै समस्या बनेर आयो । अब हिजोकै विश्लेषणले मात्र पुग्दैन भनेर राजनीतिको नयाँ रूख उमार्न खोजेको हो ।

क्यान्सर पहिलो दोस्रो स्टेजमा छ भने उपचार गर्दा निको हुन्छ । तेस्रो स्टेजमा पनि कोसिस गर्दा निको हुने सम्भावना होला । प्रचण्डको वैचारिक स्खलन क्यान्सरको चौथो स्टेजमा प्रवेश गरेको छ । अब सुधार सम्भव छैन

आफ्नो गन्तव्यबारे जति स्पष्ट हुनुहुन्छ, तर दिनभरि भेट्ने साथीभाइ र पार्टी संगठनमा तपाईंका यी बुझाइको सञ्चार सम्भव छ ?

विस्तारै हुन्छ । इन्टरनेटले सजिलो बनाइदिएको छ । सिलिकन भ्यालीका साथीदेखि जापान, युरोप विश्वभरिका मान्छे त्यहाँ जोडिन्छन् । एआईले मेरा रुचि, पोस्टका आधारमा सामग्री पठाइदिन्छ । च्याटजीपीटी लगायत नयाँ विषय आएका छन् । मलाई इमेलमै साइन गर्न खबर आयो, मैले पठाइदिएँ पनि । यो हुँदै जाने कुरा हो ।

तपाईंले गर्ने कुरा त अद्यावधिक किसिमका छन् । तर अहिले ओली, देउवा, प्रचण्ड, तपाईं, महन्थ ठाकुर जो भने पनि एउटा युगमा धेरै संघर्ष गरेको, अब विश्राम लिने क्षणमा पुगिसकेको चर्काे माग चलिरहेको छ । के भन्नुहुन्छ ?

मैले कहाँ पदमा भइराख्नुपर्छ भनेको छु ? नयाँ पुस्ता आउनुपर्छ नै भनिरहेको छु । म कुनै समय आफू पदमा नै बस्दिनँ भनेको छु, कहिले चौथो वरीयतामा समेत बसेको छु । तर उहाँहरू आउनुपर्‍यो नि ! युवाहरूमा सायद इतिहास चेतको कमी, तत्काल परिणाम खोज्ने प्रवृत्ति देखियो । म उत्तरआधुनिक नै त भन्दिनँ, उदारवादी धारबाट फैलिएको भ्रमबाट अलिक बढ्ता प्रभावित भए । विश्व ब्रह्मान्डको एउटा नियम छ, तर युवाहरू अंशबाट प्रभावित भए ।

पार्टीको महाधिवेशनबाट युवाहरू अध्यक्ष महासचिवमै लड्न आए भने तपाईं स्वागत गर्न तयार ?

म त खोजिरहेको छु । आएमा अघि बढाउन तयार छु । खुसीको कुरा, हामीले नयाँ शक्तिको अभियान चलाएपछि युवाहरू सहकार्यमा चासो राखिरहनुभएको छ । अन्तर्संवाद गर्दैछौं । महाधिवेशनमा वैकल्पिक विचारको धार स्पष्ट गर्छौं । महाधिवेशनमा व्यापक वैचारिक मन्थन गरेर वैकल्पिक शक्तिहरूको ध्रुवीकरण गराउँछौं ।

युवाहरू राजनीतिक विकल्पको खोजीमा भौंतारिएको त देखिन्छ, तर तपाइँले सोच्दै गरेको संरचनामा बस्न किन बस्न खोजिरहेका छैनन् ?

होइन, संरचना नै नयाँ बनाइँदैछ । म हिजोको गुणगान गाएर बस्ने पक्षमा छैन, चौथो औद्योगिक क्रान्तिको बाटोमा हिँड्नुपर्छ भनिरहेको छु । अहिलेका शक्तिहरूमा त्यो क्रान्तिको चेत आउन सकेको छैन । अलमल त्यसैकारण भएको मात्र हो ।

अहिले सरकारका कामहरूलाई तपाईं कसरी हेर्नुहुन्छ ? विधेयक बन्न पाँच वर्ष लाग्नेभयो भनेर भटाभट अध्यादेश आए । विकासले तीव्रता लिन नसक्दा ढिलाइ भयो भनेर छट्पटिएको पनि देखिन्छ । कसरी बुझ्नुभएको छ ?

ज्वरो आउँदा के कारणले आयो भनेर थाहा नभए पनि सिटामोल खुवाउने, चिसोपानीले पट्टी बाँध्ने गरिराख्नुभएको छ । संरचनात्मक समस्या पो निदान गर्न लाग्नुपर्‍यो । अर्थतन्त्रमा टेकअफ गरेर उडान नै भर्नुपर्ने भएको होला, हामी घस्रिने कुरा मात्रैमा भुलिरहेका छौं । त्यसैले म उहाँहरूसँग वाद–प्रतिवाद गर्न चाहन्नँ । म अर्थमन्त्री भएका बेला २०६५ सालमै सर्पझैं घस्रिने होइन भ्यागुतोझैं उफ्रिने हुनुपर्छ भनेको थिएँ । तर माओवादीबाटै बनेका अर्थमन्त्रीले समेत यो बुझ्न सक्नुभएन । सहवरण पो गर्न लाग्नुभयो ।

उहाँहरू भ्यागुतो जस्तो उफ्रन सक्नुभएन, के जस्तो बन्नुभयो ?

कछुवा जस्तो, चिप्लेकीरा जस्तो ।

प्रचण्ड त अझै मौका पाएँ भने सुशासन र आर्थिक विकासमा व्यापक गर्छु भनिराख्नुभएको छ त ?

अँ, उहाँ भन्नुहुन्छ । तीनपल्ट प्रधानमन्त्री बन्दा के–के गर्नुभयो ? थाहा भइहाल्यो । आफ्नै चुनाव क्षेत्रमा भएको बूढीगण्डकी रोक्नुभयो, राष्ट्रिय गौरवका योजना मैरै पालामा बढेका हुन् । त्यसमा आफू प्रधानमन्त्री हुँदा केही गर्नुभएन । प्रचण्डले गरेका भ्रष्टाचार काण्डहरू बारे कुक्कुल्यान्ड भन्ने किताब नै निस्कियो । त्यसको समेत जवाफ दिन सक्नुभएको छैन । अरूलाई ढाँट्न सक्नुहोला, बाबुराम जस्ता मान्छेलाई ढाँट्न सक्नुहुन्न ।

प्रचण्ड देश चलाउन लायकै हुनुहुन्न भने तपाईंले किन चुनाव क्षेत्र नै उहाँलाई छाडिदिनुभएको ?

होइन, हिजो जनविद्रोह गर्ने क्रममा पुरानो भत्काउँ भनेर सहकार्य गरिएकै हो । अन्धभक्ति होइन, संघर्ष सहितको एकताले हामी एक ठाउँमा थियौं । त्यसमा मलाई गर्व नै छ । संविधान जारी भएपछि उहाँका सीमा बुझेकै थिएँ । २०७० मा नयाँ शक्ति भने, २०७२ सम्म हेरें । अनि रूपान्तरण हुने सम्भावना नदेखिएपछि नयाँ बाटो लागें । संघीय लोकतान्त्रिक गणतन्त्रमा एमाले र कांग्रेस बाध्य भएर आए, राजावादीले स्वीकार गर्न चाहेकै छैनन् । छिमेकीले संविधानलाई नोट मात्रै गरेका छन् । मैले आधा गिलास भरि, आधा गिलास खाली भनेको त्यही हो । तर प्रचण्डजीहरू पुराना शक्तिसँग कोअप्ट, (सहवरण) हुने लाइनमै हुनुहुन्छ । अनुभवले सिकाएको हुनाले उहाँहरूसँग यही पाठ सिकियो ।

प्रचण्डसँग अब सहकार्य सम्भव छ कि छैन ?

क्यान्सर पहिलो दोस्रो स्टेजमा छ भने उपचार गर्दा निको हुन्छ । तेस्रो स्टेजमा पनि कोसिस गर्दा निको हुने सम्भावना होला । प्रचण्डको वैचारिक स्खलन क्यान्सरको चौथो स्टेजमा प्रवेश गरेको छ । अब सुधार सम्भव छैन ।

तर माओवादीहरू ठान्छन्– बाबुराम भट्टराईमा पो वैचारिक स्खलन भयो !

ठिकै छ, इतिहासले पुष्टि गरिहाल्छ । जसले चौथो औद्योगिक क्रान्ति र अग्रगामी कुरा गर्छ त्यो स्खलन हो कि जसले पहिलो औद्योगिक क्रान्तिभन्दा अगाडिको कुरा गर्छ, त्यो इतिहासमा पुष्टि भइहाल्छ ।

राजनीति तत्काल समय र समाजमा विद्यमान अन्तरविरोधको हल गर्ने विधि हो । पहिले लोकतन्त्र र राजनीतिक अधिकारको लडाईं प्रमुख थियो । सात सालदेखि २०७२ सम्म विद्रोहात्मक ढंगले अघि गयौं । हाम्रो चेतना अघि बढ्यो । अधिकार नि पायौं । तर आर्थिक, सामाजिक अवस्था पछि पर्‍यो । अघि बढेको राजनीतिक चेतना र पछि परेको आर्थिक प्रणालीको अन्तर्विरोध हाम्रो प्रमुख समस्या हो । सहायक अन्तर्विरोध के हुन् भने संघीयताको अपूर्णताले देशमा राष्ट्रिय समस्या रहिरहन्छ ।

संघीयताको पूर्णतासँगै लोकतन्त्र निरन्तर पूर्ण हुँदै जान्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा संसद् लोकतन्त्रमा पछाडि फर्कियो। लोकतन्त्रमा प्रत्यक्ष जनताको सहभागिता हुनुपर्ने जस्ता विषय कमजोर हुँदै गएको छ। संघीयता र लोकतन्त्रको समृद्धीकरण दोस्रो प्रश्न हो।

पुरानो राज्यसत्ताको संरचना, कर्मचारीदेखि न्यायालय, सुरक्षा अंगहरू पुरानो ढंगका हुँदा त्यसले सुशासन प्रत्याभूति गर्न सकेनन्। त्यहाँ संस्थागत समस्या रहे र दलहरूले त्यसलाई हल गर्न सकेनन्। चरम भ्रष्टाचार भइरहेको छ, जुन तेस्रो तर महत्वपूर्ण समस्या हो।

चौथो, हामी भारत र चीनको बीचमा छौं र यहाँ अमेरिकाको पनि चासो छ, जुन हाम्रो जटिल भूराजनीति हो। यिनलाई मिलाएर लैजान सक्दा ठूलो सम्भावना, नसक्दा स्वाधीनता समेत ठूलो खतरामा पर्ने स्थिति छ। यी समस्यालाई हल गर्नु नै मुख्य विषय हो। यसको निम्ति तत्काल पूँजीवाद र साम्यवादभन्दा अगाडि बढेको विचारलाई हामीले समुन्नत समाजवाद भनेका हौं। त्यसको मार्गनिर्देशनमा पहिलो चरणमा आर्थिक विकास र समृद्धिमा बढी जोड दिनुपर्छ। गरिबी र बेरोजगारी अन्त्य गरेर युवाहरूलाई देशमा राख्ने वातावरण बनाउनुपर्छ र सँगसँगै मैले राजनीतिक रूपमा आधा गिलास खाली भन्ने गरेझैं त्यसलाई भर्दै जाने। यही नै निकासको बाटो र यसैको निम्ति वैकल्पिक शक्ति (नयाँ शक्ति) हामीले अगाडि सारेका छौं। यसैलाई साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ।

अघि सोधेको प्रश्नमा म अझै स्पष्ट हुन चाहन्छु– तपाईं आफ्ना मान्यतामा जति स्पष्ट हुनुहुन्छहामी अहिले कहाँनेर छौंअब यहाँबाट कता जाने हो भनेर। यसमा स्पष्ट विचार लिएर हिँडे पनि तपाईंले बिहानदेखि बेलुकासम्म संगत गर्ने मान्छेहरूको व्यवहार राजनीतिमा कहीँ झल्कँदैन। यो विरोधाभास चाहिँ के हो 

नेतृत्व भनेको आवश्यकता र आकस्मिकता हो। आवश्यकताले नेता जन्माउँछ, को व्यक्ति भन्ने कुरा आकस्मिकता हुन्छ। यहाँ अहिले पनि नयाँ नेतृत्वको आवश्यकता छ। तर कसमा त्यो मूर्तीकरण हुन्छ भन्ने आकस्मिकता हो हामीले व्यवहारमा हेर्दै जानुपर्छ।

समाज संक्रमणमा छ। अन्यथा नमानौं तर समाजको चेतनास्तर पनि हो। नेपालमा एउटा बहुत नराम्रो  परिसूचक छ। हामी आर्थिक रूपमा विश्वमा १७औं र दक्षिण एसियामा नै सबैभन्दा पुछारमा छौं। खाली मध्य अफ्रिकी देश मात्रै नेपालभन्दा तल छन्। यो आर्थिक सूचकभन्दा पनि डरलाग्दो सूचक आईक्यू अर्थात् मानिसको ठिक र बेठिक छुट्याउने क्षमतामा नेपाल पुछारमा रहेछ। बेलैमा आवश्यक मात्रामा हाम्रो शिक्षा प्रणाली र सांस्कृतिक रूपान्तरण हुन नसक्दा हामीले ठिक र बेठिक छुट्याउने, अलि सिर्जनशील ढंगले सोच्ने र नयाँ–नयाँ कुराको आविष्कार गर्नेतिर हाम्रो क्षमता अत्यन्त कम भयो। केही साथीहरूले राम्रो पढ्नुभएको छ, विलक्षण हुनुहुन्छ, केही राम्रा नेताहरू पनि हुनुहुन्छ तर, विश्वको औसत चेतनास्तरमा पनि पुग्न नसक्नु भनेको, यसलाई बुझ्न नसक्नु हो। त्यसो भए पनि अगुवा मानिसले फेरि डोर्‍याउने हो, हिम्मत हार्ने होइन।

त्यसैले तपाईंले हेर्दा म पटक–पटक लडेको चिप्लेको ठान्नुहुन्छ। तर बाबुआमाले बच्चा हुर्काउँदा लड्छ, चिप्लन्छ। फेरि अलि झुकेर बच्चाको हात समातेर डोर्‍याएर हिँड्नुपर्छ। म त्यही प्रयास गरिरहेको छु र गरिरहनेछु।

जनतालाई त कसरी आलोचना गर्न सकियो र २००७ सालको  नेतृत्व गर्ने कांग्रेसलाई २०१५ सालमा जनताले भारी मतले अनुमोदन गरे। २०४६ सालको आन्दोलनपछि २०४८ मा कांग्रेस आउँदा एमालेलाई पनि शक्तिशाली पार्टी बनाए। पछि एमालेलाई ठूलो पार्टी बनाउँदै काम गर्ने अवसर दिए। एमालेले त्यसलाई व्यवस्थापन गर्न सकेन भन्ने बुझेर जनताले फेरि एकपटक कांग्रेसलाई विश्वास गरे। एकअर्कालाई परीक्षण र पुन:परीक्षणको चरणबाट पनि जनताको कलेक्टिभ कन्सस्नेस व्यक्त भएकै  देखिन्छ। २०६४ मा आउँदा माओवादीलाई पत्याए। त्यहाँसम्म त जनताको चेतनालाई गतिशील नै मान्नुपर्‍यो नि ! अब जनताले अनुमोदन गर्न छोडेअरूतिर आँखा डुलाउन थाले त्यसलाई कसरी औसत चेतनास्तर भन्न मिल्यो 

मैले त्यसो भन्न खोजेको होइन। त्यो त एउटै युग हो। तपाईंले ००७ साल भन्नुभयो। म त एउटै डालोमा राख्छु। ००७ सालदेखि ०७२ सालसम्म एउटा कालखण्ड हो- लोकतन्त्रीकरणको। किनकि त्यहाँ निरंकुशता, राजतन्त्र र सामन्तवाद अन्त्य भएकै थिएन। जाति, जनजाति जुन विभेद छ, त्यसको जागरण आएकै थिएन। ००७ सालदेखिका अंश–अंशमा भएका हलाल क्रान्ति अर्थात् ००७, २०४६, जनविद्रोह हुँदै विस्तारै-विस्तारै परिवर्तन गर्दै बल्लबल्ल २०७२ सम्म पुर्‍यायौं। त्यसैले त्यो त्यतिबेलाको हो।

र, अहिले यो भनेको अर्को युग र अर्को विचारको कुरा गरिरहेका छौं। यसले समय लिन्छ। केही मान्छेले साथ दिनुभएको छ, बुझिरहनुभएको छ। म आशावादी कहाँ छु भने अहिलेको इन्टरनेट प्रविधिले जुन होरिजन्टल पीअर टु पीअर कम्युनिकेसनको अवस्था छ। तुरुन्तै इन्टरनेट प्रविधिका कारण खल्ती-खल्तीमा सूचना आइपुग्छ। त्यसले यो चेतनास्तरको विकास एकदमै तीव्र गतिमा हुन्छ। शहरी क्षेत्रमा त अलिअलि हुन थालेको छ नि त ! बाध्यतावश नै भए पनि ठूलो संख्यामा मानिसहरू गएका छन्, श्रमिकै भए पनि व्यावहारिक ज्ञान उनीहरूले आर्जन गरिरहेका छन्। त्यसैले आउँदो एकदशक ठूलो रूपान्तरणकारी दशक बन्छ, यो मैले देखिरहेको छु।

 असीको दशकलाई भन्नुभएको 

हो, यो असीको दशक। अहिले हामी २०८१ मा छौं। ९० सम्मको दशक अर्थात् सन् २०३५ को दशक छ, त्यो बेलासम्म विश्वमा पनि चीन पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो हुन्छ भन्ने प्रक्षेपण छ भने नेपाल त झन् विश्वको केन्द्रमै पर्छ। नेपाल पनि नेपालीको चेतना अगाडि बढ्छ र आर्थिक रूपमा पनि छेउछाउमा जुन छाल उठिरहेको छ, त्यसको ठिक ढंगको नीति लिन सक्यौं भने आर्थिक रूपमा पनि हामी अगाडि जान सक्छौं। त्यसरी हेर्दा, आउँदो यो दशक नेपालको गुणात्मक छलाङको दशक बन्छ। यदि हामीले सकेनौं भने नकारात्मक त जता पनि छ। विश्वमा पनि त आणविक हतियार पड्कियो, एउटा सन्किएर स्विच थिचिदियो भने ध्वस्त हुन्छ। यस्ता कुरा त हुन्छन् आकस्मिकता।

यो वैश्विक परिवेशको प्रश्नमा म आउनेछु। एउटा प्रश्न राखिहालौं। युवालक्षित गरेर तपाईंले यति धेरै कुरा सोच्नुभएको छ। चौथो चरणको औद्योगिक क्रान्तिदेखि एआई जेनेरेसनसम्मको यो नयाँ टुल्सहरू थाहा पाउने कुरामा तपाईं धेरै पछि हुनुहुन्न। तर त्यही युवालाई कुरा बुझाउन नसकिरहेकोयतापट्टि संघीयताको तलसम्म  अधिकार दिने कुरा र सीमान्तकृतहरूको बारेमा तपाईंले सोचिरहेको कुराउनीहरूलाई बुझाउन नसकेको। यसो हेर्दातपाईंहरूले उनीहरूको लागि धेरै सोच्न खोजेको जस्तोतर उनीहरूको दुवैको तपाईं हुन नसकेको जस्तो। यो परिस्थिति चाहिँ कसरी सिर्जना भयो 

यसलाई सम्भवतः बुझ्दै हुनुहुन्छ उहाँहरूले। २००६/००७ साल जुन तपाईंले कुरा गर्नुभयो। अहिले पुराना कुरा गर्न धेरै सजिलो छ। बीपी र पुष्पलाललाई सजिलो थियो ? ००६ सालदेखि कम्युनिष्ट र कांग्रेस पार्टी स्थापना गर्नुभयो। बीपी बल्लबल्ल २०१५ सालमा गएर संसद्मा त पुग्नुभयो, तर धरातल यति कमजोर थियो कि २०१७ सालमा राजाले खोसिदिए। त्यसपछि ३० वर्षसम्म लड्नुपर्‍यो।

पुष्पलालले ००६ सालमा पार्टी स्थापना गरे, २०३५ सालसम्म उहाँ जस्तो अगुवा मानिस बित्दाखेरि ११ जना मलामीमध्ये म पनि एक थिएँ। त्यसैले त्यस्ता अगुवा मानिसहरूले धैर्यपूर्वक अगाडि बढ्नुपर्छ। जनताले विस्तारै साथ दिन्छन् र यो नयाँ वैकल्पिक शक्तिका लागि पनि जनताले साथ दिन्छन् र युवाहरू त झन् छिटो जागरण हुन्छन् र टिप्छन् भन्ने मलाई आशा छ।

त्यो चेतना सहित युवाले विद्रोह गर्दा अथवा युवाले नयाँ विकल्प खोज्दा त्यसको नेता को हुनसक्छ अघिल्लो पुस्ता वा तपाईंको पुस्ताबाट तपाईं आफैं हुन सक्नुहुन्छ या अब समयले नयाँ नेता खोज्छ ?

नेतालाई त्यसरी टिको लगाउने होइन। नेता बारे एउटा प्रसिद्ध भनाइ छ- नेता भनेको त एउटा युगको आवश्यकता पूर्ति गर्ने हो। राज्य विस्तारको क्रममा युद्धकलामा सिपालु मान्छे नै चाहिन्छ। त्यसैले नेपोलियन र हाम्रोमा पृथ्वीनारायण शाह जस्ता आए। युगको आवश्यकता थियो। व्यक्ति को हो भन्दा जो कोही पनि हुनसक्छ। एउटा नेपोलियन नभए अर्को नेपोलियन हुन्थ्यो। एउटा पृथ्वीनारायण नभए अर्को कुनै शाह अथवा सेन वा कोही लिम्बु वा अरू कोही हुन सक्थे। त्यसैले युगको आवश्यकता हो। नेतृत्व भनेको आवश्यकता र आकस्मिकता हो। आवश्यकताले नेता जन्माउँछ, को व्यक्ति भन्ने कुरा आकस्मिकता हुन्छ। यहाँ अहिले पनि नयाँ नेतृत्वको आवश्यकता छ। तर कसमा त्यो मूर्तीकरण हुन्छ भन्ने आकस्मिकता हो हामीले व्यवहारमा हेर्दै जानुपर्छ।

फेरि त्यस्तो कुनै आवश्यकता वा आकस्मिक क्षण आउनेछ जसले तपाईंलाई फेरि एक पटक राजनीतिको केन्द्र भागमा राखिदेला भन्ने सोच्नुभएको छ ?

म भनेर मैले कहिल्यै पनि सोचेको छैन। हिजो पनि म भनेर सोचेको होइन। युगको चेतनाले हामी त्यहाँ लाग्यौं। जनताले अवसर दिनुभयो। छोटो अवधि जति सक्छ सदुपयोग गरियो। अहिले पनि म भन्ने मलाई लागेकै छैन। यो वैकल्पिक राजनीतिक अभियान, समग्र राजनीतिक पुनर्संरचना, अर्थतन्त्रको पुनर्संरचना, राज्यव्यवस्थाकै एउटा नयाँ उचाइको पुनर्संरचनाको राजनीति हामीले जुन गरेका छौं, यो अनुसार नयाँ पुस्ता नै बढी आउँछन्। उनीहरू यसमा बढी निपुण हुन्छन्। म उहाँहरूलाई नै बढी अगाडि सार्ने प्रयत्नमा छु। हाम्रो आफ्नै पार्टीभित्र पनि मैले नयाँ साथीहरूलाई अगाडि बढाउने कोसिस गर्दैछु। त्यहींबाट जन्मिउन् भन्ने मेरो आशा छ।

तपाईंले सैद्धान्तिक कुरा गर्नुभएको छ, आकस्मिकता वा त्यस्तो विशिष्ट केस परेछ भने त महाथिर मोहम्मद त ९२ वर्षमा केही समय ल्याएका थिए, त्यस्तो भने बेग्लै हो। तर त्यस्तो नेपालमा नहोस् भन्ने छ। नयाँ पुस्ता आएर नेतृत्व गरौं। बाबुराम जस्ता मान्छेले तिनलाई सहयोग गरौं भन्ने म चाहन्छु।

 आउनु नपरोस् तर आउनुपर्ने हुनसक्छहोइन 

आउनुपर्ने जहिले पनि हुनसक्छ। नोम चोम्स्की ९८ वर्षको हुनुभयो। सबैभन्दा अग्रगामी चेतना उहाँले नै दिइराख्नुभएको छ। अझै पनि विद्रोही चेत छ। बेठिकसँग लड्ने उत्साह उहाँले भर्नु हुन्छ। जुन अमेरिकादेखि चीनसम्म, रूसदेखि भारतसम्म जुन प्रकारका शासकहरू आइरहेका छन्, जे भइरहेको छ, बिगुल फुक्ने नोम चोम्स्की छन् ९८ वर्षीय। त्यस्तो त हुनसक्छ।

०८४ सालमा चुनाव लड्नुहुन्छ 

अब त्यो स्थितिमा भर गर्छ। अहिले म भन्दिनँ। आवश्यकता पर्‍यो भने लड्न सकिन्छ। तर आवश्यकता रहेन भने, नयाँ पुस्ता आउनुभयो भने मेरो प्रयत्न त्यही रहन्छ। म पनि हुनुपर्छ भन्ने परिस्थिति बनेछ भने लड्नु पनि पर्छ।

कुनै घोषणा छैन तर आवश्यकता पर्‍यो भने २०८४ मा लडिन्छ 

आवश्यक पर्‍यो भने लडिन्छ।

सायदगोरखा नै गइन्छ त्यहींबाट लड्दै आएको !

गठबन्धन बनाएर पनि के हुन्छ ? मैले त उहाँलाई पोहोर नै सुझाव दिएको थिएँ। प्रचण्डजी प्रधानमन्त्री भएकै बेलामा तपाईंहरू यो पटक–पटक दुई तीनवटा सरकार बदल्नुभयो उहाँहरूले, प्रचण्ड, ओली र शेरबहादुरजीलाई तपाईंहरू राष्ट्रिय सरकार बनाउनुस्।

होइन, म त एउटा वैज्ञानिक मानवतावादमा विकास गर्नुपर्छ दर्शन भन्ने मान्छे। विश्वकै नागरिक ठान्छु आफूलाई। त्यसैले नेपाल नै आफ्नो कार्यक्षेत्र हो। त्यसैले यहीं मात्रै त म भन्दिनँ। अब गोरखाली जनताले धेरै माया गर्नुभएको छ। अहिलेसम्म मेरो रेकर्ड नै कायम छ- ८३ प्रतिशत मत ल्याएर जितेको थिएँ।

तर, अहिले त मतदाताहरू तपाईंसँग त रिसाउनुभएको होला, सिट छोडिदिनुभयो भनेर !

मैले त एउटा मान्छेलाई मौका दिएँ, विश्वास गरेँ। विश्वासघात गरे। मेरो उदारतावादी कमजोरी भयो भनेर मैले स्वीकारेको छु।

तपाईंमाथि विश्वासघात नै भएको हो प्रचण्डबाट 

ममाथि होइन, जनतामाथि विश्वासघात भयो। ममाथि के विश्वासघात ? मैले त स्वेच्छाले छाडेको। जनताको निम्ति भनेर मैले छोडेँ। उहाँ त फेरि आफ्नो स्वार्थपूर्ति गर्नेतिर लाग्नुभयो।

सरकारले यत्रो सुशासनको नारा दिएको थियो, प्रचण्डको पालामा। कतिवटा फाइल खोलियोके गरियोगर्न दिइएनसबै जना मिले भनेर भनिराख्नुभएको छ। उहाँ त म प्रतिपक्षमा गए पनि मेरो त विजय भयो भन्ने सन्देश लिएर गइराख्नुभएको छ। तपाईं यसलाई विश्वासघात भन्ने 

म उहाँलाई त्यही भन्छु। त्यो कुकुल्याण्ड भन्ने एउटा किताब निस्किएको छ टोम बरजिस जो प्रसिद्ध पत्रकार हुन्।

त्यो त होइन भन्दै हुनुहुन्थ्यो उहाँले 

होइन, सबैलाई बताइदिनुपर्‍यो नि ! त्यहाँ दिएको तथ्य सहित यो हो भनिदिनुपर्‍यो। मैले सुनेको छैन।

एकठाउँमा उहाँ (प्रचण्ड) ले खण्डन गर्नुभएको मैले सुनेको थिएँ !

एक ठाउँमा होइन सबैले सुन्ने गरी भन्नुपर्‍यो। त्यहाँ दिइएका सबै तथ्यहरूको खण्डन गर्नुपर्‍यो। त्यसमा समेटिएका कुराहरू त्यतिबेला पनि चर्चामा आएका हुन्। त्यसपछि अहिले एनसेल काण्ड भइसक्यो। त्यो त एनसेलको आमाको गुरु थियो। एनसेल समेत आएर अहिले त साठी/असी अर्बसम्मका घोटाला त्यहाँ भएका छन्। त्यसमा प्रमुख नेताहरू सबै मुछिएको भन्ने कुरा आइरहेको छ। त्यो सबै कुरा उहाँले भन्नुपर्‍यो नि !

प्रचण्डप्रति तपाईं अलि बढी भावनात्मक हुनुहुन्छ कि जस्तो लाग्छ। बूढीगण्डकीमा कति खानुभयो भनेर भन्नुभयो !

होइन, उहाँलाई मात्रै भनेकै छैन- ठूला नेताहरूलाई भनेको हुँ। यी ठूल्ठूला परियोजनाहरूमा बिचौलियाले जुन चलखेल गर्छन्, र त्यसले गर्दा परियोजनाहरू यसरी मारिइरहेका छन्। बूढीगण्डकीमा त्यस्तो भएको छ मैले भनेकै हो। नत्र किन अगाडि नबढेको त त्यो परियोजना। पुष्टि भएन ? बूढीगण्डकी किन अगाडि नबढेको त ? कारण होला नि त ?

तपाईं त्यो भनाइमा अहिले पनि अडिग हो 

म बिल्कुल अडिग छु त।

त्यस्तो खालको भाग लगाउने पक्षहरूले तपाईंलाई चाहिँ सम्झँदैनन् 

नत्र बाबुराम यो ठाउँमा हुन्थ्यो ? यसरी बोल्ने हिम्मत राख्थ्यो ? तपाईंहरूले भन्ने कुरा हो (हाँस्दै …)।

तपाईंसँग यस्तो कुनै काण्डप्रकरणयताउता जोडिएको छैन त्यसो भए 

कहिलेकाहीँ उठाउन खोज्नुहुन्छ। मैले त भनिरहेको छु, जस्तै- ललितानिवास भन्न खोज्छन् नि, गर्नूस् न त भनिरहेको छु मैले। मन्त्रिपरिषद्‍ले गरेको निर्णयले केही अपचलन भएको रहेछ, दोषी रहेछु भने गर्नूस् न दण्डित। म नै गएर पहिले जेल बस्छु  भनिरहेकै छु मैले। अब उठाउन त कसैले सक्नुभएको छैन त्यहाँभन्दा अगाडि। मैले त लुकाउन खोजेकै छैन। अरू पनि केही छन् भने ल्याउनूस्। यी सबैको छानबिन गरौं। त्यसको निम्ति स्वतन्त्र निष्पक्ष आयोग गठन गरौं। यी जति पनि चर्चित काण्डहरू छन्, त्यसमा बाबुराम भट्टराई मुछिएको रहेछ भने सबैभन्दा अगाडि गएर दण्ड भोग्न ऊ तयार छ भनिरहेकै छु। फेरि दोहोर्‍याएर भन्छु तपाईंमार्फत।

अघि तपाईंले उठाउनुभएको एउटा प्रश्नमा जाऔं। सरकारको समग्र काम र यसलाई कांग्रेसले दिएको साथलाई तपाईंले कसरी हेर्नुभएको छ 

यो संसदीय प्रणालीभन्दा अगाडि बढेको प्रणाली ल्याएको हो हामीले। उहाँले उही पुरानै वेस्ट मिनिस्टर प्रणालीको संसदीय खेलमा लागिरहनुभएको हो। यसमा कांग्रेस, एमाले, माओवादी र अन्य क्षेत्रीय दलहरूको एउटै हो उहाँहरूको। कुनै फरक त्यहाँनेर छैन। यो बीसको उन्नाइस हुने मात्रै हो। कुनै अन्तर आउनेवाला छैन। त्यो भ्रममा पर्नु पनि छैन।

त्यसलाई रिभ्यू गरेर नयाँ गठबन्धन बनाउने कुनै सम्भावना छैन 

गठबन्धन बनाएर पनि के हुन्छ ? मैले त उहाँलाई पोहोर नै सुझाव दिएको थिएँ। प्रचण्डजी प्रधानमन्त्री भएकै बेलामा तपाईंहरू यो पटक–पटक दुई तीनवटा सरकार बदल्नुभयो उहाँहरूले, प्रचण्ड, ओली र शेरबहादुरजीलाई तपाईंहरू राष्ट्रिय सरकार बनाउनुस्। मेरो एउटा इन्टरेस्ट चाहिँ यो शान्ति प्रक्रिया नटुङ्गिएर बेहाल भइरहेको छ पचासौं लाख परिवारको। यसलाई तत्काल टुङ्ग्याऔं। मेरो स्वार्थ त्यहाँ छ। र, अनि तपाईंहरूले अन्य के के सुधार गर्नुपर्छ, गर्नूस्। यस्तो हेल्चेक्र्याइँ नगर्नूस् भनेर सुझाव मैले दिएकै हो। त्यो उहाँहरूले चाहनुभएन।

निर्बाध सहज ढंगले जान्छ कांग्रेस-एमालेबीच कुनै समस्या देख्नुभएको छैन तपाईंले 

गए पनि नगए पनि केही हल हुने होइन। त्यसपछि को आउँछ ? देखिसकिएको छ पछि आउने पनि, अघि आउने पनि। उहाँहरूबाट केही पनि हल हुँदैन। त्यसैले त वैकल्पिक राजनीतिक वैकल्पिक शक्ति चाहियो भनेको !

अघि तपाईंले वैश्विक अवस्थाको छोटो विश्लेषण गर्नुभयो। तपाईंले चीन पहिलो आउँछ भनेर ठोकुवा गरिदिनुभयो …

मैले होइन, विश्व बैंकका अनुसार सन् २०३५ सम्म चीनको कुल जीडीपी ५१ ट्रिलियन डलर हुन्छ। अमेरिकाको ३३ ट्रिलियन डलर र भारतको २६ ट्रिलियन डलर हुन्छ भन्ने प्रोजेक्सन छ। त्यसअनुसार चीन धेरै अगाडि हुन्छ। त्यसपछि अमेरिका हुन्छ र नजिक नजिक भारत हुन्छ। यो नै विश्व बैंकको प्रक्षेपण हो।

अहिले फेरि अमेरिकामा ट्रम्पको खोजी भयो र उनी फेरि आए। त्यसपछि उनले केही फटाफट निर्णयहरू गर्दैछन्यसलाई कसरी हेर्नुभएको छ 

राजनीतिक अर्थशास्त्रीय दृष्टिकोणमा आदम स्मिथ र डेभिड रिकार्डोबाटै सुरु गरे र मार्क्सले त्यसलाई मूर्तरूप दिए। पूँजीको प्रवृत्ति भनेको त विस्तारकारी हुन्छ। नाफा कमाउ र फेरि लगानी गर। फेरि नाफा कमाउ र अझ लगानी गर, अर्थात् पूँजीको विस्तारित पुनरुत्पादन (एक्पाण्डेड रिप्रोडक्सन अफ क्यापिटल) भन्छन् जुन जहिले पनि के हुन्छ भने अनइभन र अनइक्वायल डेभलपमेन्ट हुन्छ। नाफाको केन्द्रीकरण हुँदै जाँदा पूँजीले यस्तो एकाधिकारवादी रूप लियो कि अमेरिकन पूँजी, रूसी पूँजी, भारतीय पूँजी, चिनियाँ पूँजी। अनि यिनीहरूको बीचमा टक्कर पर्न थाल्यो। त्यसले त बजार खोज्छ। अनि वस्तु उत्पादन गरेपछि त बजार चाहियो नि ! त्यसले दोस्रो विश्वयुद्धपछि अमेरिकाको जुन एकाधिकार थियो, त्यसमा त अरूले चुनौती दिन थाले। त्यसैको अरूले घुमाएर गर्छन्, ट्रम्पले सिधै गरिरहेका छन्। मेक्सिकोमा पनि कर लगाइदिन्छु, क्यानडा र चीनमा पनि लगाइदिन्छु भनेर घोषणा पनि गरिसके। हुँदाहुँदा ग्रीनल्याण्डलाई पनि मै लिइदिन्छु, अर्काको देशलाई मै लिइदिन्छु भन्छन्। पनामा नहरबारे पनि त्यसै भन्छन्।

त्यो भनेको आफ्नो पूँजीको एकाधिकारवादी प्रवृत्ति जुन छ, त्यसलाई उनले सिधै भनिरहेका छन् तर त्यो त हुनेवाला छैन। यता चीन पनि छ, रूस पनि छ। युरोपियन युनियन र भारत पनि छ भने यसले लैजाने त टक्कर र विश्वयुद्धतिर हो। भयंकर ठाउँतिर विश्व गइरहेको छ।

त्यसैले विश्वले नै राजनीतिक पुनर्संरचना खोजिरहेको छ र वैकल्पिक राजनीति भनेको त्यो चेतको पनि एउटा नेपाली अभिव्यक्ति हो भन्ने मेरो बुझाइ हो।

एउटा समयमा चाहिँ आगो सल्काउनेभन्दा निभाउनेलफडा धमाका गर्नेभन्दा अलि समन्वय गर्ने नेताहरूको खोजी हुन्थ्यो। अहिले किन अलि डाङडुङ गर्ने खालको नेताहरूलाई जनताले देख्न खोजेको ?

यस्तो संकट आइसकेपछि, जस्तै तपाईंलाई बडो अचम्म लाग्दैन ? इतिहासकै निकृष्ट पात्र हिटलर र मानव इतिहासकै एउटा उच्चतम क्षमता भएको मानिस एकै समय त्यही जर्मनीमा कसरी जन्मियो ? यस्तो ठिक र बेठिक दुईथरी प्रवृत्ति सँगसँगै हुन्छ। अहिले अमेरिका होस् वा रूस वा अरू कुनै देश, त्यहाँ ठिक बेठिक दुवै मानिस छन्।

त्यसैले राष्ट्रिय संकट आएँसँगै पूँजीवादी गुटहरूले त्यस्ता खालका फासीवादी खालको प्रवृत्ति, मैले ठिक गरिदिन्छु, मेरै देशलाई महान बनाइदिन्छु भनेर पपुलिस्ट कुरा गर्ने मान्छेहरूलाई न्यून चेतना भएका मानिसहरूले पत्याइदिन्छन्।

एउटा भनाइ नै छ-  समाजमा अग्रगामी चेतना भएका १० प्रतिशत हुन्छन्, असाध्यै प्रतिगामी सोच भएका १० प्रतिशत हुन्छन्। बीचका अल्पचेतना भएका ढुलमुल गर्ने असी प्रतिशत हुन्छन्। तिनीहरू अग्रगामीले डोर्‍याउन सक्दा अग्रगमनतिर जान्छ। अग्रगमनकारी केही कमजोर हुनासाथ पश्चगमनका पछि लाग्छन्। अहिले विश्वमा भएको त्यस्तो हो।

मैले अहिले के देखेको छु भने दोस्रो विश्वयुद्धको संकटले हिटलर र मुसोलिनी जस्ता पात्र जन्मायो र विध्वंसतिर लग्यो। अहिले पनि विश्व त्यतातिर गइरहेको छ। त्यसलाई रोक्नुपर्छ। वैकल्पिक राजनीतिको अर्को अन्तर्राष्ट्रिय सोच त्यसलाई रोक्नुपर्छ।

यिनलाई रोक्ने विधि के हो ?

पहिले त विभिन्न देशका अग्रगामी शक्तिहरूले आ–आफ्नो देशको सापेक्षतामा वैकल्पिक शक्तिहरू निर्माण गर्नुपर्छ। सँगै पर्यावरण, आणविक हतियार, एआई, चरम असमानता जस्ता मुद्दामाथि विश्वले नै नियमन नगरी हुँदैन। त्यसका लागि संयुक्त राष्ट्रसंघ असाध्यै कमजोर प्रकृतिको छ। बिग पावरहरूको नियन्त्रणमा छ। त्यसैले तत्काल संयुक्त राष्ट्रसंघलाई अझ बढी लोकतान्त्रिक गराउने र अन्ततः सबै देशका वैकल्पिक शक्तिहरूले मिलेर र विश्वकै ग्लोबल फेडेरेसन बनाउनेतिर जाँदा नै मानव जातिको रक्षा हुन्छ। अन्यथा स्टेफन हकिङ्सले नि भनेकै थिए, अब केही समयपछि अर्को ग्रह खोज्नुपर्ने हुन्छ। त्यस्तै हुन पनि सक्छ। त्यस्तो नहोस् भन्ने हाम्रो आग्रह हो। वैकल्पिक राजनीतिको हाम्रो खोज यो चेतनासँग जोडिएको छ।

तपाईंले वैकल्पिक शक्ति भनेर जुन दार्शनिक परिप्रेक्ष्यमा राख्दै हुनुहुन्छ तर २०४८-५० सालदेखि वैकल्पिकवैकल्पिक सुन्दा–सुन्दा मानिसहरू वाक्क–दिक्क भएर उनीहरुलाई यो एउटा शब्दजाल मात्रै होयसबाट केही हुँदैन। अहिलेकै कुराहरूलाई केही फाइन ट्युन गरे मात्रै पुग्छ भन्ने लागिरहेको देखिन्छ नि ?

वाक्क–दिक्क भन्दा ठिक कि बेठिक भन्ने कुरा हो। मानिसको चेतना र तथ्यबाट सत्य खोज्ने कुरा हो। औसत मानिसले के भन्छ भन्दा अगुवा मान्छेले त्यो प्रचार गर्ने र जनतालाई बुझाउँदै लिएर जाने हो। राजनीतिक अभियान यसरी नै जान्छ र विस्तारै जनताले बुझ्छन्। सुरुमा त्यस्तै हुन्छ। लोकतन्त्र भनेर कहाँ बुझ्थे त जनताले ? राणा शासक १०४ वर्ष कसरी टिक्यो होला ? अहिले सम्झँदा कस्तो मुक्त जस्तो लाग्छ नि !

जनताले त अगुवालाई ताली बजाएर समर्थन गर्‍यो नि ज्यान दिन तयार भएर जनता हिंड्यो। अगुवाहरूले नै एकपछि अर्को गर्दै बाटो बिराए नि 

एकचोटिको अगुवा सधैं अगुवा हुँदैन, यहाँ भ्रम यहींनेर छ। नयाँ आउनुपर्छ। राणाशासन फ्याँक्दा एकाथरी थिए। टंकप्रसादहरू थिए। पछि पर्नुभयो पछि। अलि पछि बीपी आउनुभयो। उहाँले पुगेन भनेर हाम्रो पुस्ता आयो। अब हामीले नपुगेर नयाँ आउँछ। यो हो नि त इतिहासको विकासको चरण त। त्यसैले पुराना अर्थात् एउटैले चार चरणसम्म लैजान्छ भन्ने हुँदैन।

तर २०३६२०४६०५२०६२/६३०७२ साल सधैं बाबुराम भट्टराई अगुवा ! अब २०८४ मा पनि बाबुराम नै अगुवा। एउटै मानिसलाई कतिचोटि हेर्ने 

मान्छे हेर्ने मैले भनेकै छैन। २००७ देखि २०७२ सालसम्म एउटा कालखण्ड रह्यो। त्यो लोकतन्त्रीकरणको युग थियो। हामीले अंश–अंश भूमिका निर्वाह गर्‍यौं भलै कतिपय बेला हामी बच्चै थियौं। त्यहाँसम्म पुर्‍याएकोमा हामीलाई गर्व छ। अब अगाडिको निम्ति नयाँ आउनुपर्छ जसलाई म रिले रेस भन्छु। यो दौडँदा १०० मिटर दौडनेले दोस्रो १०० मिटरमा ब्याटन हस्तान्तरण गर्दा अर्को पछ्याउँदै आउँछ। बाबुरामले पनि नयाँ आउनेलाई ह्याण्डओभर गर्न एकछिन दौडिएको हो। उनीहरूलाई हस्तान्तरण गर्छ। उसले पनि १०० मिटर पूरा गरेपछि अर्कोलाई हस्तान्तरण गर्छ। त्यसरी जान्छ।

यो महाधिवेशनमा यस्तो ब्याटन थमाउने सम्भावना कति छ 

त्यस्तो होस् भन्ने मेरो चाहना छ। यसमा हामी पूरै लोकतान्त्रिक ढंगले जान्छौं।

चुनाव गराउनुहुन्छ 

कर्मकाण्डी चुनाव सबैले गराउँछन्। हाम्रो सही अर्थमा गराउँछौं। हाम्रोमा हरेक कार्यकर्तालाई सार्वभौम भनेका छौं। पहिलेका कम्युनिष्ट पार्टीले अग्रदस्ता भन्थ्यो। चेतना सबैको बराबर हुँदैन, अगुवाको अलि बढी हुन्छ भन्थ्यो। अगुवालाई पछ्याउनुपर्छ भन्थ्यो। हामीले त्यसलाई पुरानो भयो भन्यौं। पार्टीमा लाग्ने मानिस सार्वभौम हुन्छ र सबैको बराबर अधिकार हुन्छ। त्यसैले नेतृत्वलाई उसले प्रत्यक्ष छान्न पाउनुपर्छ। गलत गर्दा फिर्ता बोलाउन पाउनुपर्छ। राइट टु नो भोटको अधिकार पनि हुन्छ भनेर विधानमै व्यवस्था छ। अहिले सबैतिर नसकिए पनि अहिले प्रतिनिधिले प्रत्यक्ष निर्वाचन गर्छन्। मेरो चाहना नयाँ नै आऊन् भन्ने छ। त्यो भनेको अनुहार मात्रै होइन, विचार पनि नयाँ हुनुपर्छ र अनुहार पनि। त्यस्ता मानिस आऊन् र तिनलाई नै हस्तान्तरण गर्न पाऊँ भन्ने मेरो चाहना छ।

तस्बिर र भिडियो : शंकर गिरी/अनलाइनखबर

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -