२०८२ माघ २६ गते, सोमबार ११:१७

विष्णु पौडेलको दाबी- दुनियाँका सक्षम नेतामा केपी ओली पनि पर्नुहुन्छ

२१ माघ, बुटवल । नेकपा एमालेका उपाधयक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुनियाँका सक्षम नेताहरूको सूचीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि पर्ने दाबी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माविको हिरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको लिडर भएकाले परिणाम दिनेगरी सरकारको काम गर्ने जिकिर गरे ।

‘प्रधानमन्त्री केपी शर्मा ओली उत्कृष्ट राजनेता हो, उहाँ दुनियाँका सक्षम नेताहरूमध्येमा पर्नुहुन्छ,’ पौडेलले भने, ‘ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको टेस्टेड लिडर हुनुहुन्छ, यस्तो नेताको नेतृत्वमा बनेको सरकारले परिणाम दिनेगरी ढुक्कसँग चल्छ ।’

देशमा राजनीतिक स्थायित्व दिन नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेको तर्क उनले गरे । साथै, उनले विकास र सुशासनमा केन्द्रित रहेर अहिलेको सरकारले काम गरिरहेको पनि बताए ।

‘सरकार विकास र सुशासनमा केन्द्रित रहेर काम गरेको छ, विगतका सरकारले गरेका बेतिथिलाई पन्छाउँदै नागरिकका निराशालाई आशामा बदलेर भौतिक र मानवीय विकासमा केन्द्रित छ’, उनको दाबी थियो ।

अर्थमन्त्री पौडेलले रूपन्देहीको तिलोत्तमामा प्रस्तावित बुटवल मेडिकल कलेज अब बन्ने पालो आएको पनि बताएका छन् ।

‘अघिल्लो सरकारको शिक्षामन्त्री सुमना श्रेष्ठले मेडिकल कलेज खारेज गर्ने कोशिस गर्नुभएको थियो, त्यसलाई खारेज गर्नबाट रोकिएको छ, अब डीपीआर सकिएपछि पूर्वाधार निर्माणको काम अघि बढछ,’ उपप्रधानमन्त्री पौडेलले भने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM