Sunday, February 9, 2025
घरसमाचारगण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदाको घोषणा

गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक बिदाको घोषणा




पोखरा  । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा यही माघ २२ गते (मङ्गलवार) भोलि सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको आज बसेको निर्णयअनुसार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जनाउनु भयो ।

गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि उक्त सूचना जारी गरिएको उहाँले जनाउनु भयो ।

यसअघि माघ २२ मा गण्डकी प्रदेश सभा र फागुन ४ गते प्रदेश सरकार स्थापनाको छुट्टा छुट्टै सार्वजनिक बिदा दिँदै आएकोले अब देखि माघ २२ गतेलाई नै गण्डकी प्रदेश सरकार स्थापनाको दिन मनाउने निर्णय बमोजिम भोलि विशेष कार्यक्रम सहित स्थापना दिवस मनाउने भएको हो।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -