Sunday, February 9, 2025
घरसमाचारपहिलो एक घण्टामा साढे ३ अर्बको सेयर कारोबार, बैंकिङमा आकर्षण

पहिलो एक घण्टामा साढे ३ अर्बको सेयर कारोबार, बैंकिङमा आकर्षण

२१ माघ, काठमाडौं । पहिलो एक घण्टामा सेयर बजार ३५ अंक बढेको छ । यो वृद्धिपछि १२ बजे नेप्से परिसूचक २७६३ अंकमा कायम भएको छ ।

यतिबेलासम्म १८५ कम्पनीको मूल्य बढ्दा ५१ को घटेको छ भने ७ को स्थिर छ । एक घण्टामा ३ अर्ब ५० करोडको कारोबार भएको छ ।

अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै २.११ प्रतिशत बढेको छ । सोमबार लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर रहने संकेत देखिको छ ।

पहिलो एक घण्टामा रकमका आधारमा धेरै कारोबार भएका ‘टप फाइभ’ कम्पनीमा बरुण हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, साहस ऊर्जा, सामलिङ पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -