Sunday, February 9, 2025
घरसमाचारसिटीको पोस्टमा आर्सनलको ५ गोल, युनाइटेड फेरि घरमै स्तब्ध

सिटीको पोस्टमा आर्सनलको ५ गोल, युनाइटेड फेरि घरमै स्तब्ध

२१ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले म्यान्चेस्टर सिटीलाई ५-१ गोलअन्तरले हराएको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, थोमस पार्टे, काइ हाभेर्ट्ज, माइल्स लेविस स्केली र इथान न्वानेरीले १-१ गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले गरेको गोल सान्त्वना बन्यो ।

खेलको दोस्रो मिनेटमा नै ओडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडि रहेको आर्सनलले दोस्रो हाफमा बराबरी गोल व्यहोरेपछि थप चार गोल गर्‍यो ।

५५औं मिनेटमा हालान्डले गोल गरेपछि सिटीले खेलमा फर्कने संकेत गरेको थियो । तर त्यसको अर्को मिनेटमा पार्टेले गोल गर्दै पुनः आर्सनललाई अग्रतामा ल्याए ।

६२औं मिनेटमा लेविस स्केली र ७६औं मिनेटमा हाभेर्ट्जले गोल गरेपछि आर्सनल एकतर्फी रूपमा ४-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा न्वानेरीले गोल गर्दै आर्सनलको ५-१ को जित पक्का गरे ।

जितसँगै आर्सनलको २४ खेलबाट ५० अंक भएको छ र दोस्रो स्थानमा यथावत् छ । पराजित सिटीको २४ खेलबाट ४१ अंक छ र चौथो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टरको अर्को टोली युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युनाइटेडलाई क्रिस्टल प्यालेसले २-० ले हराएको हो ।

प्यालेसको जितमा दुवै गोल जिन फिलिपे माटेटाले गरेका थिए । जितसँगै प्यालेस २४ खेलमा ३० अंकसहित १२औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड २९ अंकसहित १३औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा टोटनहामले ब्रेन्टफोर्डलाई २-० ले हरायो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -