Sunday, February 9, 2025
घरसमाचार६ महिनामा शोधनान्तर स्थिति साढे २ खर्बले बचतमा

६ महिनामा शोधनान्तर स्थिति साढे २ खर्बले बचतमा

२० माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) मा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा पुगेको छ ।

नेपालबाट बाहिरिने रकमको तुलनामा भित्रिने धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । पुस मसान्तसम्म २ खर्ब ४९ अर्ब २६ करोडले शोधनान्तर स्थिति बचतमा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ८२ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष २ अर्ब ६ करोड बचतमा थियो ।

यस अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोड बचतमा थियो ।

अमेरिकी डलरमा १ अर्ब ८ करोडले चालु खाता बचतमा छ । अघिल्लो वर्ष डलरमा चालु खाता १ अर्ब २२ करोडले बचतमा थियो । ६ महिनामा खुद पूँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड छ ।

यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५० करोड भित्रिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५४ करोड मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -