Sunday, February 9, 2025
घरसमाचारशिक्षक भलिबलको उपाधि तेर्से मावि तालामाराङलाई

शिक्षक भलिबलको उपाधि तेर्से मावि तालामाराङलाई




सिन्धुपाल्चोक । मेलम्ची, हेलम्बु, पाँचपोखरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि तेर्से माविले जितेको छ ।

मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा जाल्पादेवी मावि, जैसीगाउँलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक श्री तर्से मावि विजेता बनेको हो ।

त्यसैगरी महेन्द्र मावि इचोकले हेलम्बु बोधिसत्त्व मोडल स्कुललाई २–१ ले पराजित गर्दै तृतीय स्थान हासिल गरेको प्रधानाध्यापक योगबहादुर अर्यालले जानकारी दिनुभयो ।

शुक्रबार सुरु भएको खेलमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १६ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

२५ गते वार्षिक उत्सवका अवसरमा प्रथम, द्वितीय र तृतीय हुनेलाई २०, १५ र १० हजार पुरस्कार प्रदान गरिने आयोजक विद्यालयका शिक्षक कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -