२०८२ माघ २९ गते, बिहीबार २२:३९

‘जरा अभियान’मा एमालेले गरिरहेका १२ काम

२० माघ, काठमाडौं । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ भनिरहेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको थियो ।

सुरुमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो ।

उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गर्‍यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।

अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ ।

जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार यो अभियानमा मूलतः तीन विधिबमोजिम काम भइरहेको छ– पार्टी मोर्चा, जनसंगठन र जनप्रतिनिधि । अभियानको मूल नेतृत्व पार्टीकै नेताहरूले गरिरहेका छन् । जसअनुसार सबै प्रदेश कमिटीले प्रशिक्षण/भेला कार्यक्रम गरिसकेका छन् ।

बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार अहिले जिल्ला तहको अभिमुखीकरण चलिरहेको छ । ‘हामी जिल्ला तहको अभिमुखीकरण गरिरहेका छौं । जरा अभियानमा हामीले गर्नुपर्ने कामबारे अभिमुखीकरणमा हुन्छ,’ उनले भनिन् ।

बागमती प्रदेशले ‘पार्टीसँग जेनजी’ (युवा लक्षित), ‘आमासँग अनेम संघ’ र ‘जनतासँग जनसंगठन’ नारासहित वडा अभियान सञ्चालन गर्ने लामाले बताइन् । बागमतीले जसरी नै अरु प्रदेशहरूले पनि आ–आफ्ना हिसाबले यो अभियानमा नेताहरू परिचालित गरिरहेका छन् ।

स्थायी कमिटी सदस्य ढकालका अनुसार प्रदेश कमिटीभन्दा माथिका नेताहरूलाई भने अभियानबारे जानकारी भइसकेको छ । गत वैशाखसम्म सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट जनतासम्म जानुपर्ने नीति पारित गरेपछि सोही अनुसार एमाले पार्टी केन्द्रले जरा अभियानको प्रस्ताव ल्याएको थियो ।

केन्द्रीय कमिटीबाट त्यो प्रस्ताव पारित भएपछि तीन महिने अभियान अगाडि बढाइयो । कस्तो कार्यक्रम बनाउने भन्ने निक्र्योल भने गत ३० मंसिरमा देशभरका जिल्ला नेतृत्व समेत सामेल भेलाबाट भएको थियो ।

केन्द्रीय संगठन विभागको आयोजनामा सम्पन्न त्यो भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष र संगठन विभाग प्रमुख अनि जनसंगठनका केन्द्रीय नेतृत्व सामेल थिए । उनीहरूले जरा अभियानका कार्यक्रम तय गरेको थियो ।

जसअनुसार पालिका र वडा अधिवेशन गरेर नयाँ नेतृत्व स्थापित गर्ने, कमिटी बनाउँदा युवालाई कम्तीमा एक तिहाइ समेट्ने, पार्टी सदस्यता विस्तार र नवीकरण गर्ने जस्ता कामहरू अगाडि बढाइएका छन् । पार्टीसँग जनसंगठनहरूले सहकार्य गरिरहेका छन् ।

‘जनसंगठनमार्फत विभिन्न पेसा र व्यावसायमा रहेका गैरएमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,’ स्थायी कमिटी सदस्य ढकालले भने, ‘सँगसँगै आफ्नो क्षेत्र/वर्गको नेता संगठनको रुपमा स्थापित हुनेगरी अभियानकै क्रममा काम हुनेछ ।’ जरा अभियान कार्यान्वयनको क्रममा कतिपय प्रदेशहरूले जनसंगठन परिचालनको नारा ‘जनतासँग जनसंगठन’ भनेका छन् ।

जरा अभियानमा भइरहेको तेस्रो काम जनप्रतिनिधिसँग जोडिन्छ । एमालेले नेतृत्व गरिरहेको संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामहरूको प्रचार अभियानका क्रममा हुनेछ ।

‘सरकारले गरेका राम्रा कामहरू जनतासम्म पुर्‍याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्छौं,’ ढकालले भने । तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालित हुने उनले बताए ।

तर, अभियानका क्रममा हुने महत्वपूर्ण काम भने जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु रहेको ढकाल बताउँछन् । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ उनी भन्छन् ।

जरा अभियानमा एमालेले गर्ने काम
– सदस्यता नवीकरण र विस्तार (कूल मतदाताको ६ प्रतिशत लक्ष्य),
– टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने,
– सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग/समुदायको नेताका रुपमा स्थापित गर्ने,
– सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने,
– सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने,
– वार्षिक कार्यक्रमलाई अगाडि बढाउने,
– एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने,
– जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने,
– २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने,
– पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने,
– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने,
– र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM