२०८२ माघ २६ गते, सोमबार २०:१९

आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा लागौँ : सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गर्नुभएको हो । 

सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिनुभयो । 

उहाँले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरुरी रहेको र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राख्नुभयो ।

“पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले आवश्यक सुविधा प्राप्त गर्नुपर्छ । त्यसका लागि यहाँ रहेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिनुपर्छ । पोखराको सुन्दरतालाई जोगाउनका साथै यहाँको समग्र विकासका लागि काँग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ”, सभापति देउवाले भन्नुभयो । 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहने गरी विधानमा व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पार्टीको सङ्गठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पु¥याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिरहेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै धार्मिक स्वतन्त्रताको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले महानगर समितिलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नैनसिंह महर, गोविन्द भट्टराई, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनका लागि केन्द्रदेखि तल्लो निकायसम्मका नेता तथा कार्यकर्ता आ–आफ्ना स्थानबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाको पूर्व कार्यसमितिका साथै साबिक पोखरा र लेखनाथ नगर समितिका सभापतिहरूलाई सम्मान गरिएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM