२०८२ मंसिर २१ गते, आईतवार २२:४२

चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी

काठमाडौँ । कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज काठमाडौँमा उहाँको कविता सङ्ग्रह लोकार्पणसँगै उहाँले बनाउनुभएका चित्र प्रदर्शनी गरिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा  पौड्यालको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको हो । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार पौड्याल स्मरणीय व्यक्तित्व रहेको बताउनुभयो । उहाँले पौड्यालका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राख्नुभयो । कुलपति हार्तम्छालीले भन्नुभयो, “कलाकार पौड्याल नवपुस्ताको ऊर्जा स्रोत हुनुहुन्छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले कलाकार पौड्याल कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताउनुभयो । कला र साहित्यमा पौड्यालको अतुलनीय योगदान रहेको उहाँको भनाइ थियो । 

समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तावाले कलाकार पौड्यालको परिचय कला, साहित्य र सामाजिक क्षेत्रमा गरी त्रिआयामिक रूपमा रहेको बताउनुभयो । 

पौड्यालकी जीवनसाथी तथा सर्जक गङ्गा कर्माचार्य पौड्यालले पौड्यालको सामाजिक सेवा तथा लगावका बारेमा जानकारी दिनुभयो । 

कार्यक्रममा अन्तर विद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः  करिना बस्नेत, चिराग राई र शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा २२ कलाकार  सहभागी थिए । कविता प्रतियोगितामा अनाम ‘उपेक्षित’ प्रथम, अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय हुनुभएको थियो । यसमा २३ कवि सहभागी थिए । 

पौड्यालले सिर्जना गर्नुभएका चराका चित्रसँगै अन्य २२ कलाकारले बनाएका चित्र यहाँ प्रदर्शनीमा राखिएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM