सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेश प्रदेशमा साक्षरता अभियान चलाइने बताउनुभएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा आयोजित ६०औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ मा मुख्यमन्त्री सिंहले मुस्लिम, आदिवासी, जनजाति तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउँदै मधेश प्रदेश सरकारले साक्षरता अभियान चलाउने जानकारी दिनुभयो ।
यसपालिको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा आधुनिक विद्यालय निर्माण गरिने र आइटी शिक्षालाई पनि मधेश सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । उहाँले पत्रकारहरूका लागि मास कम्युनिकेशन शिक्षणको लागि बजेट छुट्ट्याइएको पनि जानकारी दिनुभयो ।
हीरक महोत्सवका अवसरमा आयोजित नृत्य प्रतियोगितामा ८ वटा सामुदायिक तथा संस्थागत विद्यालयले भाग लिएका थिए ।