Friday, February 7, 2025
घरसमाचारनेपाल लाइफको ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ कार्यक्रम, सेल्स रणनीतिबारे छलफल

नेपाल लाइफको ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ कार्यक्रम, सेल्स रणनीतिबारे छलफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समय अविधका लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र प्राप्त उपलब्धि भन्दा अझ बढी प्रगति गर्न सकिने सम्भावना रहेको बताए ।

उनले ग्राहकमैत्री सेवा प्रवाह गर्नका लागि कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति सदैव तयार रहेको बताए ।

कार्यक्रमामा कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तरूप दिन सहयोग गर्ने अभिकर्ता, कर्मचारी लगायत सरोकारवालालाई धन्यवाद दिए ।

निकट भविष्यमा बीमितहरूले यस कम्पनीले प्रदान गर्ने सेवाहरू प्राप्त गर्न शाखा धाउनु पर्ने अवस्थाको अन्त्य हुने र बीमितले घरमै बसेर सबै सेवा छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्न सकिने उनले बताए ।

कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -