२०८२ माघ २९ गते, बिहीबार २१:३८

मोरङमा ६१ हजार १ सय किशोरीलाई एचपिभि खोप लगाइने 

विराटनगर । सरकारको राष्ट्रिय अभियान अन्तर्गत मोरङ जिल्लामा ६१ हजारभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने लक्ष्यअनुसार तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा, १० वर्षदेखि १४ वर्ष उमेर समूहका  विभिन्न विद्यालयमा अध्ययनरत कक्षा–६ देखि कक्षा–१० सम्मका  ५० हजार ५ सय ९७ तथा विद्यालय बाहिर रहेका १० हजार ५ सय १०  गरी कुल ६१ हजार १ सय ७  किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य अनुसार तयारी गरिएको जानकारी गराइयो ।

जिल्लाका एक महानगरपालिकासहित १७ वटै स्थानीय तहमा माघ–२३ गतेदेखि फागुन–१ गतेसम्म चरणबद्ध रुपमा यो अभियान सञ्चालन हुन लागेको  स्वास्थ्य कार्यालयका प्रमुख मुलुकचन्द राजवंशीले बताउनुभयो । 

उहाँका अनुसार, अभियान सञ्चालनका लागि जिल्लाका विद्यालयमा तथा विद्यालय बाहिर समुदायमा साथै स्वास्थ्य संस्थामा गरि ८ सय ५४ वटा खोप केन्द्र सञ्चालनमा आउने छन् । 

त्यसैगरी अभियान सञ्चालनका लागि खोप केन्द्रमा २५ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुनेछन । खोप लगाउने अन्तिम दिन फागुन १ गते जिल्लाका सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालनमा आउने प्रमुख मुलुकचन्द राजवंशीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले नेपाल सरकारको महा–अभियान अन्तर्गत सञ्चालन हुन लागेको खोप अभियानमा खोप लगाउनबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभयो ।  

समुदायस्तरमा सञ्चालन हुन लागेको क्यान्सर विरुद्धको यो खोप पूर्ण रूपले सुरक्षित रहेकाले तोकिएका उमेर समूहका सबै किशोरीहरूलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन उहाँले आग्रह गर्नुभयो । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले खोप केन्द्रमा सहज रूपले खोप लगाउने वातावरण तयार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा, नेपाल पत्रकार महासङ्घ मोरङका सभापति सुशिला पाठकलगायतले खोपको महत्वमाथि प्रकाश पार्नुभएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM