Sunday, February 9, 2025
घरसमाचारबेलायत पठाउने भन्दै ३७ लाख ठगी आरोपमा एक जना पक्राउ

बेलायत पठाउने भन्दै ३७ लाख ठगी आरोपमा एक जना पक्राउ

२० माघ, काठमाडौं । वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।

उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -