२०८२ माघ २९ गते, बिहीबार २२:३७

पश्चिम नवलपरासीमा लागूऔषध विरुद्धको जिल्लाव्यापी अभियान शुरु

नवलपरासी,पश्चिम्  । पश्चिम नवलपरासीमा लागूऔषध विरुद्धको जिल्लाव्यापी अभियान शुरु भएको छ ।

लागू औषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका जिल्लाभर सञ्चालन हुने यो अभियान अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त आयोजनामा आज परासीमा एक कार्यक्रम गरि अभियानको शुभारम्भ गरिएको हो ।

लागूऔषध दुर्व्यसनी तथा ओसारपसार भयावह अवस्थामा रहेकोले यो प्रहरीको मात्र एक्लो प्रयासमा नियन्त्रण हुन नसक्ने र सर्वपक्षीय सहयोग आवश्यक रहेकोले अभियानको रुपमा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिनुभयो । यो अभियान जिल्लाका सातै स्थानीय तहका ७४ वडामै सञ्चालन हुने उहाँले बताउनुभयो ।

उहाँले अभियान अन्तर्गत शैक्षिक संस्था केन्द्रित सचेतना कार्यक्रम, लागूऔषध सेवन तथा प्रयोगकर्ताका अभिभावकसँग अन्तरक्रिया, दुर्व्यसनीहरूलाई मनोसामाजिक परामर्श तथा प्रेषण एवं ओषधी पसलको अनुगमन तथा निगरानी गरिने बताउनुभयो।

शङ्कास्पद स्थानहरूमा स्वीप अपरेसन र आकस्मिक जाँच, मिडियासँग परिसंवाद, सचेतनामूलक प्रचार सामग्री वितरण र महेशपुर लगायतका सीमा क्षेत्रमा होल्डिङ सेन्टर सञ्चालन लगायतका क्रियाकलाप समेत सञ्चालन गरिने प्रहरी उपरीक्षक फुयाँलले बताउनुभयो ।

नेपालमा हाल वर्षेनी ५ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्यामा वृद्धि हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी प्रयोगकर्ता १५ देखि १९ वर्षसम्मका युवाहरू रहेका छन्। नवलपरासीमा २० देखि ३० वर्षसम्मका युवाहरू सबैभन्दा बढी दुर्व्यसनीमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

त्यसैगरी, कूल अपराध मध्ये ७ प्रतिशत अपराध लागू औषधसँग सम्बन्धित रहेका छन् । युवाहरू सो कुलतमा फस्ने क्रम बढेपछि नागरिक र सरकारको संयुक्त पहलमा नियन्त्रणमा लिन सो जनचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको एसपी फुयाँलले बताउनुभयो ।

पश्चिम नवलपरासीमा चालु आर्थिक वर्षमा ब्राउन सुगर मात्रै २६४ ग्राम बरामद भएको छ । नवलपरासी जिल्ला भारतसँगको खुल्ला सीमानाका कारण ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ । यसकारण पनि सरोकारवाला सबै पक्ष गम्भीर भएर यसको नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता रहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, शैक्षिक संस्था लगायतका सरोकारवालाहरूको सहभागितामा अभियानको शुभारम्भ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM