Sunday, February 9, 2025
घरसमाचारहत्या घटनामा फरार व्यक्ति पक्राउ

हत्या घटनामा फरार व्यक्ति पक्राउ




नेपालगञ्ज I नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ टांगा स्टेशन नजिक गत असार २८ गते राति भएको एक युवकको हत्या घटनामा प्रहरीले फरार एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनाका जाजरकोट कुसे गाउँपालिका-८ का २३ वर्षीय फरार अभियुक्त जगत सिंह ठकुरीलाई नेपालगञ्जमा आएको अवस्थामा गएराति पक्राउ गरेको जानकारी दिएको छ ।

बाँके प्रहरीको टोलीले ठकुरीलाई गएराति १० बजे नेपालगञ्ज-४ बसपार्कस्थित अछामी गेस्ट हाउसबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता डिएसपी आयुश प्रसाद जोशीले बताउनुभयो ।

डिएसपी जोशीका अनुसार पक्राउ परेका ठकुरीसँग घटनाका बारेमा थप अनुसन्धान सुरु भइरहेको छ । उक्त घटनामा अरू पनि रहेको बताइएको छ ।

गत असार २८ गते राति करिब पौने ११ बजे नेपालगञ्जको टांंगा स्टेशन नजिक दुई समूहबीच ग्याङफाइट भइरहेको थियो । उक्त झगडा छुट्टाउन गएका ३८ वर्षीय इरसाद राई कबडियालाई ठकुरीको समूहले खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा असार २९ गते बिहान अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा ठकुरीको टोलीले इरसादको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -