२०८२ माघ ८ गते, बिहीबार १०:३१

बिहान पेट सफा हुँदैन ? अपनाउनुहोस् यी घरेलु उपाय

बिहानको समयमा पेट राम्ररी सफा भएन भने दिनभरि नै असहज महसुस हुन्छ

स्वस्थ रहन हरेक दिन पेट राम्रोसँग सफा हुनुपर्छ । पेट राम्ररी सफा भयो भने ज्यान हल्का हुन्छ । बिहानको समयमा पेट राम्ररी सफा भएन भने दिनभरि नै असहज महसुस हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वास्थ्य हुनु पनि हो । तर, धेरैलाई दिसा गर्न गाह्रो हुने र पेट सफा नहुने समस्या हुन्छ । यसले पेट भद्दा हुने मात्र होइन कब्जियतको समस्या समेत निम्त्याउँछ ।

खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक सेवनका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धि समस्याहरू निम्तिन्छ। पेट सफा नहुनुको मुख्य कारण पनि अव्यवस्थित खानपान र दिनचर्या हो । त्यसका साथै तनाव, चुरोट रक्सी सेवन, पर्याप्त मात्रामा पानीको सेवन नगर्दा पनि बिहान पेट सफा हुँदैन ।

पेट सफा गर्ने घरेलु उपाय

फाइबरयुक्त खानेकुराको सेवन

पेट स्वस्थ राख्नका लागि पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुराको सेवन गर्नुपर्छ । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् । यस्ता फाइबरयुक्त खानेकुराको सेवनले पाचन प्रणाली राम्रो हुन्छ र पेट सफा हुन्छ ।

पर्याप्त निद्रा

अपर्याप्त निद्राका कारण पनि पेटको स्वास्थ्य बिग्रन्छ । पेटलाई स्वस्थ राख्नका लागि निन्द्रा धेरै महत्वपूर्ण हुन्छ । निद्राले पेटमा रहेका ब्याक्टेरियालाई असर गर्छ र पेटको स्वास्थ्य बिग्रिएर दिसा राम्ररी पास नहुन सक्छ । त्यसैले दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्छ ।

तनाव व्यवस्थापन गर्ने

पेटलाई स्वस्थ राख्नमा मानसिक अवस्थाले पनि ठूलो भूमिका खेल्छ । जब तनावग्रस्त भइन्छ पेट पनि खराब हुन्छ । त्यसैले तनाव व्यवस्थापन गरेर पेटलाई स्वास्थ्य राख्न सकिन्छ ।

पर्याप्त पानी पिउने

दिसालाई नरम बनाउन हाइड्रेटेड रहनु धेरै महत्वपूर्ण हुन्छ । दिसा नरम भयो भने दिसा पास हुन सजिलो हुन्छ र पेट सफा हुन्छ । त्यसैले शरीरलाई हाइड्रेटेड राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छ ।

शौचालयमा मोबाइल प्रयोग नगर्ने

हिजोआज मोबाइलको प्रयोग एकदमै बढेको छ । धेरैले ट्वाइलेट जाँदा पनि मोबाइलको प्रयोग गर्छन् । ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरू समयमा भन्दा बढी समय ट्वाइलेटमा बिताउँछन् जसले गर्दा दिसा पनि राम्ररी पास हुँदैन र पेट सफा हुँदैन । त्यसैले शौचालयमा मोबाइलको प्रयोग गर्नु हुँदैन ।

नियमित व्यायाम

नियमित व्यायाम तथा शारीरिक क्रियाकलाप गर्नाले आन्द्राको मांसपेशीहरूलाई उत्तेजित गर्छ जसले आन्द्राको चाललाई बढाउँछ । जसले गर्दा दिसा सजिलै पास हुन्छ र पेट सफा हुन्छ । हिँड्ने, दौडने, योग गर्ने वा ३० मिनेट सक्रिय रहनु पेटको स्वास्थ्य र समग्र शरीरका लागि फाइदाजनक हुन्छ ।

तत्काल राहत पाउन

बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउनुपर्छ । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यन्त लाभदायक हुन्छ । यसले बिहान दिसा राम्ररी पास हुन्छ र पेट सफा हुन्छ । बिहानको समयमा राम्ररी दिसा पास नभएर पेट सफा भएको छैन भने तत्काल राहत पाउनका लागि एक लिटर मनतातो पानीमा एक चम्चा नुन मिसाएर पिउन सकिन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM