२०८२ माघ ९ गते, शुक्रबार ११:११

मुगु अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी बन्दै : अब एपेण्डिसाइटिसको शल्यक्रिया जिल्लामै

मुगु । हिमाली जिल्ला मुगुको एकमात्र जिल्ला अस्पतालमा स्वास्थ्य सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ। अस्पतालमा आवश्यक सबै कुराको व्यवस्थापन राम्रोसँग गरिएको छ जसले स्वास्थ्य सेवामा सुधार ल्याएको हो।

विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, एक्स–रे र भिडियो एक्स–रे सेवा, साथै आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता, र अस्पताल परिसरमा सुलभ ओषधि पसलको व्यवस्थापनले बिरामी र उनीहरूको सँगसँगै आएका परिवारजनलाई सहज बनाएको छ।

कोरिया सरकारको सहयोगमा निर्मित नयाँ सफा र व्यवस्थित अस्पताल भवनका कारण अब बिरामीहरूले गुणस्तरीय सेवा पाउन थालेका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लका अनुसार ‘सामान्य प्रकारका बिरामीहरू पनि अब थप उपचार गर्न जिल्ला बाहिर जानु नपर्कोने भएको छ।’ उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वयमा अस्पतालमा विशेष चिकित्सकहरूको व्यवस्थामा समेत गरिएको छ।’

अध्यक्ष मल्लका अनुसार, केही महिना अघि अस्पताल भित्रै औषधी पसलको पनि व्यवस्थापन गरिएको छ। हालै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट एक जना एमडी जीपी चिकित्सक डा। अभिषेक मिश्र खटिनुभएको छ, बालरोग विशेषज्ञ डा. निर्मल नगरकोटी गत जेठ महिनादेखि अस्पतालमा कार्यरत हुनुहुन्छ। अहिले अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकसहित १० जना चिकित्सक कार्यरत हुनुहुन्छ।

थप विशेषज्ञ सेवा उपलब्ध भएपछि अस्पतालमा गर्भवती महिलाहरू, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायत जटिल रोगहरूको उपचार अब जिल्लामै सम्भव भएको छ।

अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीका अनुसार, ‘रोगसम्बन्धी सेवामा उल्लेखनीय सुधार आएको छ, र एमडी जीपी सेवा पुनः सञ्चालनमा आएसँगै गर्भवती, सुत्केरी, एपेण्डिसाइटिस, हर्निया र हाईड्रोसिलका शल्यक्रियाहरू पनि जिल्लामै सम्भव भएका छन्।’

स्थानीय बासिन्दाहरूले मुगु जिल्लाको दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन्। यसले विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM