२०८२ माघ ९ गते, शुक्रबार १०:४८

चिसो छल्न रारा ताल पुगे पाँचसय पाहुना चरा

जुम्ला। नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा हरेक हिउँदमा पाहुना चराको संख्या बढ्दै गएको छ। रारा तालको आकर्षणसँगै, यस वर्ष पनि चिसो छल्न पाँचसयभन्दा बढी पाहुना चरा रारा पुगेका छन्। रारा राष्ट्रिय निकुञ्ज मुगुको तथ्यांक अनुसार, २९ गतेको अन्तिम गणनामा १५ प्रजातिका पाँचसयभन्दा बढी चराहरू रारा ताल पुगेको जानकारी प्राप्त भएको छ।

रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी धर्मजीत साउदका अनुसार, गत वर्षको तुलनामा यस वर्ष पाहुना चराको संख्या उल्लेखनीय रूपमा बढेको छ। मङ्गोलिया, भारत, साईबेरिया लगायतका विभिन्न क्षेत्रबाट चिसो छल्न मंसिर महिनादेखि रारा आउने चराहरूको क्रम जारी छ।

साउदले बताए अनुसार, यस वर्ष १५ प्रजातिका चराहरू रारामा आएका छन्, जसमा कमनकुथ, कैलोटाउके हाँस, सुनजुरे हाँस, कालिजुरे हाँस, हरियो टाउके र खोया हाँसको संख्या बढी रहेको छ। गर्मी बढ्दै जाँदा यी चराहरू आफैं पलायन हुने र ढिलोमा बैशाखसम्म रारामा बस्ने गर्छन्।

गत वर्ष रारामा ७ प्रजातिका लगभग ३ सय बढी चराहरू पुगेका थिए। साउदका अनुसार, गणना ढिलाइ भएकाले गत वर्षको संख्या कम देखिएको थियो। रारा ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाइमा स्थित छ र यो स्थल पर्यटक र पंक्षीहरूको लागि प्रमुख आकर्षण केन्द्र बनिसकेको छ।

पाहुना चराको संरक्षण र निगरानीको काम रारा राष्ट्रिय निकुञ्जले निरन्तर गर्दै आएको छ। निकुञ्जका प्रमुख महेश न्यौपानले भने, “पाहुना चरा रारा घुम्न आउने पर्यटकहरूको लागि मुख्य आकर्षण बनेका छन्। स्वर्गकी अप्सरा उपनामले प्रसिद्ध रारा प्राकृतिक दृष्टिले अत्यन्तै आकर्षक छ, जहाँ पर्यटक आफ्नो सबै दुःख विस्मृत गर्छन्। पाहुना चराको आगमनले यसलाई अझ मनमोहक बनाएको छ।”

पाहुना चराको वासस्थान रारा निकुञ्जका विभिन्न क्षेत्रहरूमा फैलिएका छन्, जसमा मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर र आर्मी ब्यारेक क्षेत्र प्रमुख छन्। रारा राष्ट्रिय निकुञ्जका अनुसार, कमनकुथ, खोया हाँस, मलाट हाँस, काले, खैरो र पहेले रङ्खका हाँसहरू रारा क्षेत्रमा पाइन्छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM