२०८२ माघ ८ गते, बिहीबार १०:३७

एनएलजी इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन खुल्यो

२० माघ, काठमाडौं । यसअघि हकप्रद सेयर निष्कासनका क्रममा सम्पूर्ण रुपमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आवेदन खुलेको छ ।

आइतबारदेखि माघ २७ गतेसम्म इच्छुकले लिलामी सेयरका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कम्पनीको कुल २ लाख ९० हजार ५५५ कित्ता सर्वसाधारण समूहको सेयर र २९ हजार ९७७ कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा आएको हो ।

एनएलजीका कार्यालयहरू बिराटनगर, विरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीबाट फारम लिन र आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक सूचनामार्फत जनाएको छ ।

काठमाडौंमा क्यापिटलको कमलपोखरी शाखाबाट आवेदन दिन सकिनेछ । संस्थापक समूहको सेयरमा कम्तीमा १ हजार र सर्वसाधारण समूहकोमा कम्तीमा १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८९ रुपैयाँ छ ।

यसअघि कम्पनीले मंसिर ११ देखि हकप्रद सेयरमा आवेदन खुलाएको थियो । तोकिएको चुक्ता पूँजी पुर्‍याउनका लागि १० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM