२०८२ माघ ८ गते, बिहीबार १०:४९

‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरणका लागि सञ्चार माध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’

इटहरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरणका लागि सञ्चार माध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । 

सार्वजनिक सेवा प्रसारण नेपाल, एनटिभी इटहरी च्यानलको ५औँ वार्षिकोत्सव एवम् सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण मुलुकले भोग्नुपरेका नकारात्मक असरहरूको न्यूनीकरणका लागि राज्य र स्थानीय समुदाय समेतले गर्नसक्ने अनुकूलनका उपायहरूका बारेमा आम जनतालाई सुसुचित गर्न सञ्चार माध्यमहरूले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसवी)को विषयमा धारणा राख्नुहुँदै उहाँले मुलुकका विभिन्न कला संस्कृति र सम्पदाको जगेर्ना गर्न पिएसवी कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

नेपालीबिचको आपसी सद्भाव, सहिष्णुता र भावनात्मक एकतालाई थप सुदृढ बनाउदै पिएसबीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको आफ्नो व्यवस्थाको रुपमा स्थापित गर्ने विचार उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले केही गर्न सकेन भन्ने गलत भाष्यलाई चिर्दै सत्य र तथ्यमा आधारित समाचारहरू जनता समक्ष सम्प्रेषण गर्ने दायित्व सार्वजनिक सेवा प्रसारण नेपालले निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पिएसबीले सबै क्षेत्रका अपार सम्भावनाहरूलाई जनताबिच पुर्‍याउनुपर्ने विचार राख्दै उहाँले सरकारले गरेका कमीकमजोरीहरूलाई पनि जनताको विचमा पुर्‍याएर सरकार र सरकारी संरचनाहरूलाई बलियो बनाउनुपर्ने धारण व्यक्त गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समाजमा आउने भ्रमित समाचारहरूलाई चिर्दै सत्य र तथ्यमा आधारित भएर पिएसबीले समाचारहरू प्रसारण गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीले मुख्य तीन एजेन्डालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

पिएसबीले राष्ट्रिय जिम्मेवारी बहन गर्ने तर सरकारको प्रचार यन्त्रको रुपमा काम नगर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष डा.विष्टले राष्ट्रिय एकताको प्रवर्द्धन, विपद् र समृद्धिलाई पिएसबीले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM