२०८२ माघ ८ गते, बिहीबार ०९:५०

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । 

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘काव्य गोष्ठी’मा उहाँले निरङ्कुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताउनुभयो । 

अभिव्यक्ति स्वतन्त्रताको सवालमा नेपालले दक्षिण एसियामै अग्रगामी संवैधानिक व्यवस्था गरेको भन्दै उहाँले यसलाई समृद्धि र रूपान्तरणका लागि उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । 

साहित्यकार समेत रहनुभएका पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमानका कवितामा सामाजिक मूल्य र न्यायको खोजी, लैङ्गिक समताजस्ता विषय अधिक आउने गरेको र स्रष्टाहरूले कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने आशा सम्प्रेषण गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले द्वन्द्वपीडितको आवाज प्रस्तुत गरिएको ‘विनाअनुहारको रात’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यिक र राजनीतिक क्षेत्रबाट ज्ञवालीले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । 

यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष रामविनयलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानको हरेक महिनाको तेस्रो शनिबार हुने यस काव्य गोष्ठीमा यस पटक कवि विनयका आधा दर्जन कविताको एकल प्रस्तुति गरिएको थियो । 

उहाँले ‘म आएको छु’, ‘हीरा थारू’, ‘जराको स्वर’, ‘झुर्मे दर्जी’, ‘हाम्रो यात्रा’, ‘जुम्ला’ कविता वाचन गर्नुभयो । वाचित कवितामा समीक्षा गर्दै डा हरिप्रसाद सिलवालले बुढ्यौली उमेरमा पनि सृजना र कर्ममा कवि विनयसँग क्रान्तिकारीपन पाइने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार नमूना शर्मा, गोपालकुमार मैनाली, नन्दु उप्रेती, भारद्वाज मित्र, अनिता लामा, दिल पौडेल, युवराज नास्तिक, अनुराधा थापा, लक्ष्मणदेव पाण्डे, लोकेन्द्र रावल, तारानिधि पोखरेल, देवी पराजुली, गङ्गा खतिवडा, शिवहरि पाण्डे, बलराम विष्ट, माधव घिमिरे ‘अटल’, कुञ्जराज थापा, जगत विशिष्ट, गङ्गा भेटवाल, इन्दिरा निरौला, जयराम बिँडारी, रुवी सत्याल, नवीन पल्लभ, चन्द्रकला चौलागाईं,  भावकेशर बराल, सुदीप पाण्डे, यशोदा गिरी, विमला ढकाल ‘समीक्षा’, दीनविनोद खड्का, मिसन अधिकारीलगायतले कविता वाचन गर्नुभयो । उहाँहरूका कवितामाथि समीक्षक डा विनोद मञ्जनले समीक्षा गर्नुभएको थियो 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM