२०८२ माघ ८ गते, बिहीबार १०:५४

महाकुम्भ स्नानपछि फर्किंदा दुर्घटनाले शोकमा महोत्तरी

१९ माघ, काठमाडौं । भारतको मधुवनीमा शनिबार दिउँसो भएको दुर्घटनामा परेर मृत्यु भएका पाँचै नेपाली महाकुम्भमा स्नान गरेर फर्किएका थिए ।

उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किंरहेका बेला नेपालीहरू चढेको गाडी मधुवनीस्थित मुख्य सडकमै दुर्घटना भएको थियो । दुर्घटनामा पाँचको घटनास्थलमै मृत्यु भयो भने अन्य चार गम्भीर घाइते भए ।

त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका बेला दुर्घटना भएको र पाँचजनाको मृत्यु भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा छन् ।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् ।

सबैको मुजफ्फरपुरमै उपचार भइरहेको खबर प्राप्त भएको जलेश्वर नगरपालिका–७ का वडासदस्य सुल्तान कवारीले जानकारी दिए । कवारीका अनुसार सबैजना एकैपरिवारका हुन् ।

दुई परिवारका सदस्यहरू एकसाथ कुम्भ स्नान गर्न गएका र फर्किने बेला दुर्घटना परेको स्थानीयले बताएका छन् । घटनापछि महोत्तरी शोकमा छ । प्रत्येक कुम्भका बेला सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा स्नान गर्न जाने चलनछ ।

यसपटक महोत्तरीबाट गएका उनीहरू बी आर ३२पी ए ४६६१ नम्बरको गाडीमा नेपाल फर्किंदै थिए । त्यसक्रममा मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिरनजिकै गाडी दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँच जना मृत्यु भएको र चार जना घाइते भएको खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM