२०८२ माघ ८ गते, बिहीबार १०:४५

पृथकतावादी आक्रमणमा १८ पाकिस्तानी सैनिकको मृत्यु

१९ माघ, इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ अर्धसैनिकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

सो आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तानमा सुरक्षा फौजले दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, ‘निहत्था अर्धसैनिक अधिकारी बोकेको एउटा गाडीमा अफगानिस्तानको सीमा नजिकैको मङ्गोचर शहरनजिकै ७० देखि ८० जना सशस्त्र आक्रमणकारीले गोली चलाएका थिए ।’

स्थानीय स्रोतबाट प्राप्त समाचारलाई पुष्टि गर्दै उनले भने, ‘रातभर भएको आक्रमणमा १८ अर्धसैनिक बलको मृत्यु भएको थियो ।’ सेनाले जारी गरेको वक्तव्यमा १८ अर्धसैनिक बल मारिएको पुष्टि गरिएको छ, जसलाई उसले ‘आतङ्कवादीको कायरतापूर्ण कार्य’ भनेको छ ।

उक्त प्रान्तमा हालैका महिनाहरूमा सुरक्षा बलविरुद्ध आक्रमणहरू बढेका छन् । गत जनवरीमा पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले गरेको बम विस्फोटमा परी ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

त्यसअघि नोभेम्बरमा क्वेटाको मुख्य रेलवे स्टेसनमा भएको बम विस्फोटमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको थियो ।

बीएलएले बलुचिस्तानका पञ्जाबीलगायत अन्य प्रान्तहरूबाट त्यहाँ तैनाथ सुरक्षा बल वा पाकिस्तानीविरुद्ध घातक आक्रमणको दाबी गर्ने गरेको छ ।

लडाकूहरूले विदेशी लगानी (विशेष गरी चीन) बाट सञ्चालित ऊर्जा परियोजनाहरूलाई पनि निशाना बनाउने गरेका छन् । उनीहरूले बाहिरी मानिसहरूले संसाधन–धनी क्षेत्रको दोहन गरेको आरोप लगाउँदै आक्रमणहरू गर्ने गरेका छन् ।

उक्त समूहले अगस्टमा दर्जनौं आक्रमणकारीले गरेको समन्वित आक्रमणको जिम्मेवारी पनि लिएको छ, जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

इस्लामाबादस्थित अनुसन्धान समूह, सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२४ मा भएका हिंसात्मक आक्रमणमा एक हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जुन करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष बनेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM