२०८२ माघ ८ गते, बिहीबार १०:३८

राज्यको कर आतंक विरुद्ध सड़कमा आउन आह्वान

पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकको पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले कर्मकाण्डी काम मात्रै गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनले पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकासका लागि के गरेको भन्दै प्रश्न गरेका छन् ।

‘सरकारको मनपरी कर आतंकको बिरोध गरौं, भ्रष्टाचार विरुद्धको संघर्षमा अघि बढौं’ भन्ने मुल नारासहित आज पोखरामा आजपाद्धारा आयोजित गण्डकी प्रदेश स्तरीय ‘कर आतंक विरुद्धको बृहत भेला’लाई सम्बोधन गर्दै अध्यक्ष साहले पोखराका उधोगी व्यवसायीबाट कर लिने तर पोखराको पर्यटकीय विकासका लागि सरकारले चासो नदिएको आरोप लगाए ।

‘सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । तर पोखराको पर्यटकीय विकासका लागि सरकारले के–के गरेको छ ? प्रधानमन्त्री केपी शर्मा ओलीसंग मेरो प्रश्न छ, पोखराका उधोगी, व्यवसायीसंग कर लिने तर पोखराको पर्यटकीय विकासमा चासो नदिने ?’ अध्यक्ष साहले भने, ‘पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले गरेको काम के हो ?, सरकारको योजना के छ ?, रणनीति के बनाएको छ ? किन पोखराको बिकास भएन् ? यसको बारेमा प्रधानमन्त्रीले पोखरावासीलाई जवाफ दिनुपर्छ ।’

पोखराका उधोगी, व्यवसायीसंग सरकारले मनोमानी कर लिईरहेको भए पनि यहाको पर्यटकीय सम्पदाको जर्गेना समेत गर्न नसकेको उनले बताए । विकासमा ध्यान नदिएको सरकारले कुन नैतिकताले कर लिईरहेको भन्दै उनले प्रश्न उठाए ।

पोखरामा पर्यटकीय प्रहरी न्यून मात्रामा रहेको बताउदै ति पर्यटकीय प्रहरीकै बेहाल रहेको साहले बताए । पर्यटकीय प्रहरीकै अवस्था कहालिलाग्दो रहेको बताउदै उनले पर्यटकको शान्ति, सुरक्षाको काम कसरी प्रभावकारी हन्छ भन्ने बारेमा उनले सरकारसंग प्रश्न गरेका छन् । साथै बैदेशिक पर्यटकलाई भित्रयाउनका लागि सरकारसंग कुनै योजना नै नभएको र झण्डै दुई तिहाई बहुमतको सरकार हचुवाको भरमा मनोमानी अध्यादेशमार्फत चलिरहेकाले जनताले यो सरकार फाल्न खोजिरहेको बताए ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को शक्तिशाली सरकारले ठुला भ्रष्टाचारका काण्डको फाईलका पाना नै पल्टाउन डराएको आरोप उनले लगाए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन र अरुलाई गर्न पनि नदिने भन्ने गरेको तर आफै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप उनले लगाए ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिईन भन्नुहुन्छ । उहाँ दुधले नुहाएको हो भने मन्त्रिपरिषदले गर्ने निर्णयमा पनि छानविन गर्ने नीतिगत निर्णयबाट किन पछि हटनुहुन्छ ? यदी उहाँ साच्चै नै भ्रष्टाचारीलाई कारवाही गर्न चाहनुभएको हो भने सम्बन्धित निकायले मन्त्रिपरिषदको निर्णयमा पनि छानबिन गर्न दिनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘गफ गरेर मुलुक बन्दै । ठुलाठुला गफ गर्ने तर ठुल्ला भ्रष्टाचारको पाना नै नपल्टाउने । भ्रष्टाचारीलाई कारवाही गर्नबाट पछाडी हटेर प्रधानमन्त्रीले कसरी सुशासन कायम गर्न चाहेको हो ?’

अहिले सरकार भ्रष्टाचार काण्डका ठुला फाईलहरुको पाना पल्टाउन समेत डराएको उनले बताए । गिरी बन्धु टिस्टेट, वाइडबडी, नक्कली भुटानी शरणार्थी, यतीओमन्नी लगायतका ठुला भ्रष्टाचारहरुमा दलाल दलतन्त्रका ठेकेदार नेता नै संलग्न रहेकाले सरकार यि भ्रष्टाचार काण्डको छानबिन गर्न नचाहेको साहले बताए ।

अहिलेको दलाल दलतन्त्रले भ्रष्टाचार बढाएको र राष्ट्रिय सम्पती लुटेर विदेशमा थुपार्ने काम उच्चओहोदामा बस्ने नेता र सरकार लुटेराबाट भईरहेको उनले गम्भिर आरोप लगाए । राष्ट्रिय ढुकुटी लुटेर विदेशमा थुपार्ने, नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिईसकेकाले यहाँको सम्पती विदेशमा लैजाने काम गरिरहेको भए पनि सरकार मुकदर्शक बनेको टिप्पणी उनले गरे ।

राज्यको ढुकुटी सिध्याइसकेको सरकारले नेपाली जनतामाथि मनोमानी कर थुपार्दै कर आतंक मचाएकाले मनोमानी कर आतंकका विरुद्ध अब सडकमा आउँनुको बिकल्प नभएको उनले बताए । बिदेशी ऋण लिएर सरकारले मनोमानी मोजमस्तीमा खर्चिरहेको बताउदै उनले विदेशबाट लिइएको ऋण कहा खर्च भईरहेको छ भन्दे सरकारसंग प्रश्न गरे ।

आजपा गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापामगर, महासचिव त्रिभुवन साह लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM