२०८२ माघ ८ गते, बिहीबार १०:३७

केटी हराएको सूचना : पारम्परिक चित्रणलाई चुनौती 

भनिन्छ, साँचो सुन्दरता सरलतामा लुकेको हुन्छ। चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ले यो भनाइलाई सार्थक बनाएको छ। अहिले फिल्म जगतमा ठूला सेट र अनगिन्ती पात्रहरूको बाहुल्य छ। विश्वभरि नै हेर्ने हो भने मिनिमलिस्ट (न्यूनतावाद) शैलीमा फिल्म बनाउनेहरू अन्यको तुलनामा सीमित नै छन्। दीपेन्द्र गौचनले आफ्नो फिल्ममा यही न्यूनतावादी शैलीको प्रयोग मार्फत नेपाली समाजको एउटा महत्त्वपूर्ण पक्षलाई प्रस्तुत गरेका छन्।

दुई पात्रको कथा मार्फत उनले मधेश र पहाडबीचको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट देखाएका छन्। चलचित्रमा मधेशको सौन्दर्य, संस्कृति र जीवनशैलीलाई सकारात्मक रूपमा चित्रण गरिएको छ। नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि मधेशी पात्र र मधेशको प्रस्तुतीकरण एकपक्षीय र स्टेरियोटाइप किसिमको रहँदै आएको छ। विशेषगरी मधेशी पात्रलाई हास्य उत्पन्न गर्ने माध्यम वा अपराधी किसिमको पात्रको रूपमा चित्रण गरिंदै आएको थियो। तर ‘मिसिङः केटी हराएको सूचना’ चलचित्रले यस्तो एकपक्षीय चित्रणलाई तोड्ने प्रयास गरेको छ।

दीपेन्द्र गौचन उनै निर्देशक हुन् जसले सन् १९९२ मा उजेली जस्तो बलियो डकु-ड्रामा बनाएका थिए, साथै ‘हाम्रो मुमिन’ जस्तो एनिमे टेलिभिजन शृङ्खला नेपालमा भित्र्याएका थिए। यी दुवै चिजले गौचनको चलचित्रप्रतिको गहिरो रुचि र सामाजिक विषयवस्तुप्रतिको संवेदनशीलता प्रस्ट पार्छन्। लगभग तीन दशकपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका उनले आफ्नो कमब्याक बलियो तरिकाले गरेका छन्।

फिल्मको कथा एउटा डेटिङ एपबाट सुरु हुन्छ। पहाडे युवती जेसी/सीता (सृष्टि श्रेष्ठ) छिन् भने अर्कोतिर मधेशका रामवरण ठाकुर (नाजिर हुसेन)। समय र परिस्थिति यस्तो बन्छ कि सीतासँगको पहिलो भेटमै राम उनलाई बेहोश अवस्थामा जनकपुर लिएर पुग्छन्। यो अनपेक्षित यात्राले दुई भिन्न सांस्कृतिक पृष्ठभूमिका पात्रहरूबीच एक सम्बन्धको बीज रोप्छ। पहाड र मधेशका यी दुई पात्र बीच क्रमशः विकसित हुँदै जाने सम्बन्ध र फक्रँदै जाने प्रेमको कथा नै फिल्मको मूल सार हो।

०००

फिल्मका दुवै मुख्य पात्रहरूको चरित्र निर्माण बलियो ढङ्गले गरिएको छ। विशेषगरी रामको पात्रले मधेशी समुदायको प्रतिनिधित्वलाई एकदमै फरक र सशक्त ढङ्गले प्रस्तुत गरेको छ। एक सफल आइटी इन्जिनियरको रूपमा उनले आधुनिक जीवनशैली र आफ्नो सांस्कृतिक पहिचान दुवैलाई सन्तुलित रूपमा बोकेका छन्। उनी महँगो गाडी चलाउँछन्, स्पष्ट भाषामा आफ्ना कुरा राख्न सक्छन् र साथसाथै आफ्नो मैथिली भाषा र संस्कृतिसँग पनि गहिरो रूपमा जोडिएका छन्।

भोगेको पहिचानको सङ्कट, राज्यबाट भएको विभेद र नेपाली नागरिकका रूपमा स्थापित हुन गर्नुपरेको सङ्घर्षलाई प्रभावकारी ढङ्गले उजागर गरेको छ

नाजिरको चरित्र अन्य चलचित्रहरूमा देखिने मधेशी पात्रहरूभन्दा एकदम भिन्न छ। उनलाई न त हास्यव्यंग्यको पात्रको रूपमा प्रस्तुत गरिएको छ, न त दयनीय पात्रको रूपमा नै। बरु, उनी एक आत्मविश्वासी, शिक्षित र सचेत नेपाली नागरिकको रूपमा देखिन्छन्। उनको स्वभाव कोमल छ तर सामाजिक विभेद र अन्यायका विरुद्धमा उनी दृढतापूर्वक आवाज उठाउन पछि पर्दैनन्। नाजिरले निभाएको यो भूमिकाले नेपाली चलचित्र क्षेत्रमा मधेशी पात्रको प्रस्तुतीकरणमा एउटा नयाँ मापदण्ड स्थापित गरेको छ। उनको पात्रले विभेद, नश्लीय सोच र रङ्गभेद जस्ता जटिल सामाजिक मुद्दाहरूलाई निर्भीकतापूर्वक सम्बोधन गर्दछ।

अर्कोतिर सीताको पात्र पनि आत्मविश्वासी र स्वतन्त्र नारीको रूपमा प्रस्तुत गरिएको छ। उनी आफ्नो जीवनको बाटो आफैं रोज्ने, आफ्ना निर्णयहरू स्वयं लिन सक्छिन्। उनको व्यक्तित्व पुरुष पात्रमा आश्रित छैन, न त उनको अस्तित्व कसैको छायाँमा सीमित छ। उनको पात्रले नेपाली समाजमा जरा गाडेर बसेका लैङ्गिक रूढीवादी सोचलाई चुनौती दिन्छ।

फिल्मको एउटा दृश्यमा सीता र रामबीचको संवादले मधेशी समुदायको पहिचानको प्रश्नलाई देखाएको छ। सीताले जब “हाम्रो घरमा फलफूल बेच्न आउनुहुन्थ्यो एक जना भैया” भन्छिन्, रामले त्यसको जवाफमा भन्छन् – “हामी तराईमा बस्ने नेपालीलाई पनि इन्डियन नै सोच्छौ होइन तिमी? तिमी जत्ति नेपाली हौ म पनि त्यत्ति नै नेपाली हुँ।” यो छोटो तर शक्तिशाली संवादले नेपाली समाजमा मधेशी समुदायले भोग्नुपरेको पहिचानको सङ्कट र विभेदको पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गर्छ।

मधेश आन्दोलनको सन्दर्भलाई पनि चलचित्रले संवेदनशील तरिकाले समेटेको छ। राम र सीताको प्रेमकथालाई माध्यम फिल्मले मधेश आन्दोलन र यसले नेपाली समाजमा पारेको गहिरो प्रभावलाई अत्यन्त सूक्ष्म र कलात्मक ढङ्गले चित्रण गरेको छ। सङ्घीयताका लागि भएको मधेश आन्दोलन, त्यसबेला जलेको मधेश र यसले पहाडी-मधेशी सम्बन्धमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ।

फिल्मले मधेशी समुदायले भोगेको पहिचानको सङ्कट, राज्यबाट भएको विभेद र नेपाली नागरिकका रूपमा स्थापित हुन गर्नुपरेको सङ्घर्षलाई प्रभावकारी ढङ्गले उजागर गरेको छ। यी संवेदनशील विषयहरूलाई न त अतिरञ्जित बनाइएको छ, न त सतही रूपमा प्रस्तुत गरिएको छ। फिल्मले दर्शकलाई मधेश आन्दोलनको उपलब्धि, सङ्घीयताको कार्यान्वयन र नागरिक पहिचानको प्रश्नमाथि गम्भीर चिन्तन गर्न प्रेरित गर्छ। फिल्म मार्फत गौचनले जटिल सामाजिक-राजनीतिक यथार्थलाई सरल र मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरेका छन्।

फिल्मको सिनेमाटोग्राफीले मधेशको सौन्दर्यलाई कैद गरेको छ। मधेशका समथर फाँट, पोखरी, आँपका रूखहरू, रेल जनकपुरधामको रौनक, मिथिला चित्र, होली जस्ता दृश्यहरूलाई क्यामेराले सुन्दर ढङ्गले समेटेको छ। छायाङ्कन र सम्पादनले कथालाई अझ प्रभावकारी बनाएका छन्।

नजिरले अभिनय कौशलले आफ्नो पात्रलाई न्याय गरेका छन्। उनको पात्रमा न त कृत्रिमता छ, न त अतिरञ्जना। विशेषगरी नाजिरको पात्रले बोल्ने नेपाली र मैथिली भाषाको स्वाभाविकता, उनको हाउभाउ र संवादले दर्शकलाई आफ्नो पात्रसँग जोड्न सफल भएको छ। सृष्टिले चरित्र अनुसार अभिनयमा सुधार्न मिल्ने थुप्रै ठाउँहरू छन्। उनको चरित्रको पृष्ठभूमि स्पष्ट रूपमा खुलाइएको छैन, जसरी रामको खुलाइएको छ।

फिल्मका केही दृश्यहरू लामो छन्। मुख्य कुरा फिल्मको क्लाइमेक्स बलियो छैन। फिल्मको अन्त्यमा जेलवाला दृश्य नराखेको भए पनि फिल्म सुन्दर तरिकाले नै समापन हुन्थ्यो।

समग्रमा फिल्मले मधेश र मधेशी पात्रको प्रस्तुतीकरणमा देखिएको एकपक्षीय दृष्टिकोणलाई तोड्दै, मधेश-पहाड सम्बन्धको नयाँ आयाम प्रस्तुत गरेको छ। साथै यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मधेशको वास्तविक सौन्दर्य र जीवन प्रस्तुत गर्ने एउटा सफल प्रयास गरेको छ।

फिल्मः मिसिङः केटी हराएको सूचना

निर्देशकः दीपेन्द्र गौचन

मुख्य कलाकारहरुः नाजिर हुसेन, सृष्टि श्रेष्ठ

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM