२०८२ माघ ८ गते, बिहीबार १०:३९

बजेट अभावमा पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन सकेन




हुम्ला । हुम्ला र मुगु जोड्नको लागि निर्माण गरिएको पिपलमुडाको बेलीब्रीज सञ्चालनमा आउन अझैँ समय लाग्ने भएको छ । निर्माण कार्य सम्पन्न हुन करिब ३ दिन मात्र लाग्ने भएपनि सम्झौता अनुसारको बजेट भुक्तानी नभएकाले बेलीब्रीज निर्माण सम्पन्न नगरेको निर्माणको जिम्मा लगेको रबि चक्र निर्माण सेवाका बखतबहादुर मल्लले बताउनुभएको छ  ।

उहाँका अनुसार २०७८ साल असार २७ गतेका दिन सोरु गाउँपालिका र रबि चक्र निर्माण सेवा उक्त बेलीब्रीज निर्माणको लागि ४ करोड ५१ लाख २ हजार ७ सय ५९ रुपैयाँमा सम्झौता भएपनि सोरु गाउँपालिकाले अहिले सम्म आफूलाई २ करोड मात्र भुक्तानी गरेको तर बाँकी सबै रकम भुक्तानी नदिएकाले निर्माण कार्य रोकिएको बताउनुभएको छ  ।

बेलीब्रीजको सबै काम सम्पन्न भई २ वटा फट्टा हाल्न मात्र बाँकी रहेका बेला आफ्नो पाउने बाँकी रकमको भुक्तानी नभएसम्म काम अगाडी नबढाउने बताउनुभयो ।

तर गाउँपालिकाले भने आफूले सम्झौता गरे अनुसारको रकम बर्सेनी भुक्तानी गरिरहेकाले अबको केही दिनमा बेलीब्रीजको उद्घाटन गर्ने तयारी भइरहेको बताएको छ । केही समाग्रीहरु आउन बाँकी रहेकाले उक्त सामाग्रीहरू मुगु जिल्ला सदरमुकाममा पुगिसकेकाले अबको केही दिनमा पुल सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । उहाँका अनुसार यही महिनाको २५ गते सम्म बेलीब्रीज उद्घाटन गर्ने तयारी भएको बताए । 

निर्माण सेवाका प्रतिनिधिहरूले जे भने पनि आफूहरूले सोही अनुसारको रकम बर्सेनी भुक्तानी गरी रहेको बताए । तर निर्माणको जिम्मा लिएको रबि चक्र निर्माण सेवाले भने थोरै मात्रै काम बाँकी राखेर आफ्नो बाँकी रकम भुक्तानी नदिएसम्म पुल नजोड्ने बताउँदै आएको छ । भुक्तानी आधा बाँकी छ, सबै समाग्रीहरु उधारोमा हालिएको छ भने ढुवानी देखी कामदारहरूको सबै उदारो रकम चलाउँदा आफूहरूलाई काम गर्ने नसक्ने अवस्था आएपछि काम रोक्नु परेको बताउँदै आएको छ । 

उक्त पुल निर्माण भएपश्चात् हुम्ला र मुगुका नागरिकहरू सडक सञ्जालमा जोडिने भएका छन् । कर्णाली करिडोरमा जोडिएको उक्त पुल सञ्चालनमा आएपश्चात् रारा जान सजिलो र अत्यन्तै छोटो हुने छ भने हुम्लाबाट मुगुको रारा हुँदै जुम्ला, कालीकोट दैलेख हुँदै सुर्खेत जान समेत सजिलो हुने भएको छ । उक्त पुल नबन्दा हुम्लाका नागरिकहरू रारा जानको लागि बाजुराको धुलाचौर हुँदै खत्याडबाट जुम्ला पुगेर उल्टै रारा आउनु पर्ने बाध्यता छ । उक्त पुल बन्दा रारा जान निकै सजिलो हुने भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM