२०८२ माघ ८ गते, बिहीबार १०:३४

अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या

हत्या भएका किशोरी


१९ माघ, धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरी (फूपुभदैनी नाता पर्ने) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेर विस्तृत जानकारी दिएका छन् । हत्यामा संलग्नहरूको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन ।

पहिलो भेटमै हत्या

दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका ६९ मंगलसेन ७३ (परिवर्तित नाम) किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उनीबीच टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धसम्म पुर्‍याएको थियो । तर, भेट्ने मौका जुरेको थिएन । किशोरको गाउँ ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको ढकारी–८ पल्साता भौगोलिक रुपमा टाढा पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।

अछाममा माघ महिनामा विवाहित छोरीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फूपुुको घरमा पुुगेका थिए ।

फूपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरु शुक्रबार बिहानै फूपुको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए ।

दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरु भेट भयो । इशरा र उनीसँग टेलिफोन संवाद हुने ६९ मंगलसेन ७३ (परिवर्तित नाम)ले चुन्नी(दोपट्टा) साटे । त्यसैबेला अर्का किशोर ६९ मंगलसेन ७६ (परिवर्तित नाम) इशरासँग आफ्नो पनि प्रेमिका भएको बताउँदै विवाद गरेका थिए । त्यसपछि भने इशरा र ६९ मंगलसेन ७३ अलि टाढा गएर कुरा गर्छन ।

सरस्वतिले प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या

६९ मंगलसेन ७३ र इशरा अलि टाढा गएपछि फूपु सरस्वतीसँग ६९ मंगलसेन ७६ को कुराकानी हुन्छ । कुराकानीका क्रममा ६९ मंगलसेन ७३ ले प्रेम प्रस्ताव राख्दै इशारा र ६९ मंगलसेन ७३ जस्तै पछि विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् । प्रहरीलाई ६९ मंगलसेन ७६ ले दिएको बयानअनुुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले सरस्वतीलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । ६९ मंगलसेन ७६ ले जबरजस्ती गर्न खोजेपछि उनले प्रतिवाद गरिन् । त्यसपछि ६९ मंगलसेन ७६ ले ढुंगाले हानेर सरस्वतिका निर्मम हत्या गरेको डीएसपी भण्डारीले बताए ।

सरस्वतिको हत्या हुँदासम्म इशरालाई भने थाहा थिए । उनी बाख्रा फर्काउन भन्दै अलि तल गएकी थिइन् ।  सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका ६९ मंगलसेन ७६ ले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूलो ढुंगा खसालेका थिए ।

इशराको पनि विभत्स हत्या

प्रहरीकाअनुसार ढुंगा खसेको आवाज आएपछि इशरा घटनास्थलमा पुगेकी थिइन्का । उनले त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखिन् । ६९ मंगलसेन ७६ भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए । तर, इशराले पत्याइनन् र फूपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताइन् ।

घटना बाहिर आउने डरले ६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६ ले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाए । त्यसपछि उनीहरु दुईजना मिलेर इशराको पनि निर्मम हत्या गरेको डीएसपी भण्डालेले बताए । प्रहरीका अनुसार सरस्वतिको हत्या ६९ मंगलसेन ७६ ले गरेका हुन् भने इशराको हत्या दुवैजनाको योजना अनुसार भएको प्रहरीले बताएको छ ।

घटना भवितव्य देखाउने प्रयास

प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरहरूले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीर माथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ ।

हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौं ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीको अनुसन्धानले गति लियो । त्यो दिन घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्ने क्रममा प्रहरीले दुवै जना किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा गत आइतबार राति उनीहरुलाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए । पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM