२०८३ असार १३ गते, शनिबार ०७:३०

भरतपुरमा जारी उपमेयर कपको फाइनल आज




भरतपुर। भरतपुर महानगरपालिकाको आयोजनामा जारी अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता २०८१ को उपाधिका खेल आज हुँदैछ।

पुरुषतर्फ उपाधिका लागि भरतपुर वडा नं. २७ र वडा नं. २५ बीच प्रतिस्पर्धा हुनेछ। शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा भरतपुर वडा नं. २७ ले वडा नं. २० लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यस्तै, दोस्रो सेमीफाइनलमा भरतपुर वडा नं. २५ ले वडा नं. २८ लाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको छ।

महिला उपाधिका लागि भने भरतपुर वडा नं. १३ र वडा नं. २३ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुरुष र महिला दुबै टिमलाई समान पुरस्कार राशी प्रदान गरिएको छ। विजेता टिमले ४० हजार रुपैयाँ, उपविजेता टिमले २० हजार रुपैयाँ र सेमीफाइनलमा प्रवेश गर्ने दुई टिमले समान १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM