२०८२ माघ ८ गते, बिहीबार १०:४६

हमासले छाडेका ३ जनामा परेनन् विपिन जोशी

१८ माघ, काठमाडौं। हमासले शुक्रबार ३ जना इजरायली नागरिकलाई मुक्त गरेको छ, जसमा नेपालका विपिन जोशी परेका छैनन् ।

अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

द टाइम्स अफ इजरायलका अनुसार हमासको कब्जाबाट मुक्त हुनेहरूमा ५४ वर्षीय ओपर काल्डेरोन, ६५ वर्षीय केइथ सिगेल र ३५ वर्षीय यार्डेन विवश रहेका छन् । उनीहरूलाई हमासले गाँजा क्षेत्रमा ल्याएर मुक्त गरेका हुन् ।

हमासको कब्जाबाट मुक्त भएपछि इजरायल सरकारले उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

उत्तरी क्यारोलिना मूलका सिगेलसँग इजरायली र अमेरिकी दुवै देशको नागरिकता छ । उनलाई सन् २०२३ को अक्टोबर ७मा दक्षिणी इजरायलबाट हमासले पत्नीसँगै बन्धक बनाएको थियो ।

यस्तै काल्डेरोनलाई भने किबुट्ज नीर ओजबाट उनका दुई सन्तानसहित हमासले अपरण गरेको थियो । जसलाई अघिल्लो युद्धविराममा मुक्त गरिएको थियो।

यसैगरी विबास, उनकी श्रीमती शिरी र छोराछोरी एरियल र केफिरलाई किबुट्ज नीर ओजबाटै अपहरण गरिएको थियो। त्यतिबेला उनका छोरा केफिर १० महिनाका थिए भने छोरी ४ वर्षकी थिइन् । यार्डेन अपहरणको क्रममा घाइते भएका थिए भने गाजा क्षेत्रबाटै उनकी पत्नी र छोराछोरीलाई अलगै तरिकाबाट अपहरण गरिएको थियो ।

यता, इजरायलले जेलमा रहेका ९० जना प्यालेस्टाइनी नागरिकलाई छाडेको छ भने हमासले ३ जना इजरायली नागकरिकलाई बन्धकलाई मुक्त गरेको छ ।

अलजजिराका अनुसार इजरायलले ९ जना प्यालेस्टाइनी र ८१ जना अरू गरे ९० जनालाई जेलबाट मुक्त गरेको हो।

यस्तै हमास समूहले पनि बन्धक बनाइएका ३ जना इजरायली नागरिकलाई गाँजा क्षेत्रमा ल्याएर छाडेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि हिजो बिहीबार हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको थियो जसमा इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका थिए ।

यसका साथै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त गरेको थियो जो दक्षिण इजरायलमा मजदुरी गरिरहेका बेला हमासको फन्दामा परेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM