२०८२ मंसिर १ गते, सोमबार ०५:३९

कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते




कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दुर्घटना भएको हो। उक्त दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 घाइते १७ जनामध्ये १२ जनाको कञ्चनपुरको निमेष अस्पताल गुलरीयामा उपचार भइरहेको र अन्य ५ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM