२०८२ माघ १ गते, बिहीबार ०८:२१

मधुमेहको समस्या भएका व्यक्तिले गर्नैपर्छ यी ६ परीक्षण

मधुमेहको समस्यामा शरीरले रगतमा चिनी (ग्लुकोज)को मात्रा सही राख्न सक्दैन । रगतमा चिनीको मात्रा बढ्दा समयसँगै धेरै स्वास्थ्य समस्या निम्तन सक्छ ।

स्वास्थ्यकर आहार र सक्रिय जीवनशैलीमार्फत आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने व्यक्तिहरूले मधुमेहलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छन्, तर अझै पनि नियमित जाँच र परीक्षण आवश्यक पर्छ ।

किनकि नियमित परीक्षणले मधुमेहलाई नियन्त्रणमा राख्न र थप जटिलता निम्तनबाट रोक्छ । कोही व्यक्तिमा मधुमेहको लक्षण देखा परेमा डाक्टरले केही रगत परीक्षण गर्ने सल्लाह दिन्छन् ।

यदि परीक्षणको नतिजा प्रि-डाइबेटिजको नजिक छ भने डाक्टरले जीवनशैली परिवर्तन गर्न सल्लाह दिन्छन्, जसले गर्दा रगतमा चिनीको मात्र नबढोस् । यस्तोमा कसैलाई मधुमेह भएको छ वा प्रि-डाइबेटिज भएको छ भने उनीहरूले केही परीक्षण नियमित गर्नुपर्छ । जसले मधुमेहको कारण निम्तने अन्य समस्याबाट बच्न सकिन्छ ।

१. फास्टिङ प्लाज्मा ग्लुकोज परीक्षण

मधुमेहका लागि पहिलो चिकित्सा परीक्षण फास्टिङ प्लाज्मा ग्लुकोज परीक्षण हो । ८ देखि १२ घण्टा उपवास बसेपछि रगतमा चिनीको मात्रा जाँच गर्न फास्टिङ प्लाज्मा ग्लुकोज परीक्षण गरिन्छ। रगतमा सुगरको मात्रा पत्ता लगाउने यो विधि लामो समयदेखि चल्दै आएको छ ।

यो परीक्षणमा चिनीको मात्रा १०० मिलिग्राम/डेसीएल भएमा सामान्य मानिन्छ । प्रि-डाइबेटिजको अवस्थामा, यो ११० मिलिग्राम/डेसीएल सम्म हुन सक्छ । यदि टाइप २ मधुमेहको समस्या छ भने चिनीको स्तर १२६ मिलिग्राम/डेसीएल वा यो भन्दा बढी हुनसक्छ ।

२. ‘पोस्टप्रान्डियल’ ब्लड सुगर परीक्षण

मधुमेह जाँच गर्न पोस्टप्रान्डियल ब्लड सुगर परीक्षण पनि गरिन्छ । यो परीक्षण खाना खाएको लगभग २ घण्टापछि गरिन्छ । यदि कसैलाई मधुमेहको समस्या छ र शरीरले पर्याप्त इन्सुलिन उत्पादन गरिरहेको छैन भने यसको मतलब रगतमा चिनीको मात्रा धेरै उच्च हुन्छ । जसका कारण समय बित्दै जाँदा यसले स्नायु र आँखाको क्षतिजस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

यस्ता मधुमेहका लागि गरिने चिकित्सा परीक्षणहरू मार्फत, बिरामीको शरीरले खाना खाएपछि चिनी र स्टार्चलाई कस्तो प्रतिक्रिया दिइरहेको छ भनेर हेर्न सकिन्छ ।

पेटमा खाना पच्नेबित्तिकै रगतमा ग्लुकोज वा रगतमा चिनीको मात्रा अचानक बढ्छ । यसले प्यान्क्रियाजमा इन्सुलिन स्रावित गर्छ ताकि यो चिनी मांसपेशी कोशिकाहरू र अन्य तन्तुहरूमा इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ । यदि यस्तो भयो भने, खाना खाएको दुई घण्टा पछि इन्सुलिन र रगतमा ग्लुकोजको स्तर सामान्य हुनुपर्छ । यदि यो भएन भने मधुमेह भएको छ भनेर बुझ्नुपर्छ ।

यस परीक्षणको नतिजा उमेरअनुसार फरक हुनसक्छ । यदि कसैलाई मधुमेह भएको छैन भने, त्यसपछिको ब्लड सुगर लेबल १४० मिलिग्राम/डेसीएल भन्दा कम हुनुपर्छ । मधुमेह छ भने उसको रगतमा चिनीको मात्रा १८० मिलिग्राम/डेसीएल भन्दा बढी हुन्छ ।

३. अनियमित ब्लड सुगर लेबल

शरीरमा ग्लुकोज वा चिनीको मात्रा जाँच गर्न अनियमित ब्लड सुगर परीक्षण पनि गरिन्छ । यो परीक्षणमा बिरामीको रगतको नमुना मात्र चाहिन्छ । यो परीक्षण गर्नुअघि बिरामीलाई भोकै बस्नु आवश्यक हुँदैन । यो परीक्षण छिटो गरिन्छ र यसले कुनै प्रकारको समस्या उत्पन्न हुँदैन । यो दिनको कुनैपनि समयमा गर्न सकिन्छ । यस परीक्षणका अनुसार यदि रगतमा चिनीको मात्रा २०० मिलिग्राम/डेसीएल वा सोभन्दा बढी छ भने यो मधुमेहको सङ्केत हो ।

४. हेमोग्लोबिन एवानसी ‘एचबीएवानसी’परीक्षण

यस रक्त परीक्षणबाट रगतमा पछिल्लो दुई वा तीन महिनादेखि रगतमा रहेको चिनीको मात्रा पत्ता लगाइन्छ । यो रक्त परीक्षण गराउनको लागि खाली पेट बस्नु आवश्यक हुँदैन । मधुमेहको लागि चिकित्सा परीक्षणहरूमा, यो परीक्षण खाना खानु अघि र पछि रगतमा चिनीको मात्रा नाप्ने परीक्षणहरू भन्दा बढि प्रभावकारी मानिन्छ ।

यो परीक्षणले हेमोग्लोबिनसँग जोडिएको ग्लुकोजको मात्रा नाप्छ । हेमोग्लोबिन रातो रक्त कोशिकाहरूमा अक्सिजन बोक्ने प्रोटिन हो, जसले रगतलाई यसको रङ्ग दिन्छ । यो परीक्षण सुरुमा मधुमेह भएका व्यक्तिहरूमा ग्लुकोजको स्तर अनुगमन गर्न प्रयोग गरिएको थियो, तर अब यो टाइप २ मधुमेह र प्रि-डाइबेटिज निदान गर्न पनि प्रयोग गरिन्छ ।

रगतमा ग्लुकोजको मात्रा बढ्दै जाँदा हेमोग्लोबिनसँग जोडिएको ग्लुकोजको मात्रा बढ्छ । हेमोग्लोबिन एवानसी परीक्षणले विगत दुई देखि तीन महिनाको औसत रगतमा चिनीको स्तर नाप्छ । दिनको कुनै पनि समयमा हेमोग्लोबिन एवानसी परीक्षण गराउन सकिन्छ । यो परीक्षण धेरै दिनसम्म ग्लुकोज स्तर निगरानी गर्न पनि गरिन्छ ।

यस परीक्षणको माध्यमबाट डाक्टरले बिरामीको लागि सही मधुमेह उपचार निर्णय गर्न सक्छन् । प्रि-डायबिटिजको अवस्थामा हेमोग्लोबिन एवानसी लेबल ५.७ देखि ६.४ प्रतिशत हुन्छ । यो स्तर ६.५ प्रतिशतभन्दा बढी भएमा मधुमेहको निदान गर्न सकिन्छ।

यी मधुमेहका लागि चिकित्सा परीक्षणहरू थिए जसमा रगत जाँच गरिन्छ । तर, जब मधुमेह हुन्छ, यसले आँखा र खुट्टामा पनि असर गर्छ । त्यसैले मधुमेहले आँखा र खुट्टामा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन केही अन्य परीक्षण पनि गर्न सकिन्छ ।

५. डाइलेटेड आँखा परीक्षण

मधुमेहको लागि गर्नु पर्ने मेडिकल टेस्टमा डाइलेटेड आँखा परीक्षण पनि एक हो । उच्च ब्लड सुगर लेबलले आँखामा समस्या उत्पन्न गर्न सक्छ जसमा दृष्टि धमिलो हुन्छ । यसका साथै यो समस्याका कारण आँखा उज्यालो प्रति बढी संवेदनशील हुन्छ । त्यसैले स्वास्थ्य अवस्था हेरेर, डाक्टरले आँखाको डाइलेटेड परीक्षण आवश्यक छ वा छैन भन्न सक्छन् ।

६. खुट्टा परीक्षण

मधुमेह छ भने उसको रगतमा चिनीको मात्रा उच्च हुन्छ । यस्तो अवस्थामा बिरामीको रक्तनली र नसामा क्षति पुग्छ । यसले प्रभावित व्यक्तिको खुट्टालाई पनि असर गर्न सक्छ । खुट्टामा समस्या भएमा बिरामीले खुट्टामा कुनै चोटपटक वा घाउ महसुस गर्न सक्दैन । यदि समस्या बढ्दै गयो भने यसले अल्सर वा संक्रमण पनि निम्त्याउन सक्छ । यति मात्र होइन, यदि समस्या बढ्यो भने प्रभावित खुट्टा काट्नु पर्ने समेत हुन्छ, ताकि संक्रमण शरीरको अन्य भागमा नफैलियोस् ।

यस्तो अवस्थामा, डाक्टरले खुट्टामा कुनै रातोपन, छाला वा घाउ आदि छ कि भनेर जाँच गर्छन् । यदि खुट्टामा समस्याहरू देखा पर्यो भने मोनो-फिलामेन्ट परीक्षण गर्ने सल्लाह दिन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM