२०८३ असार १४ गते, आईतवार १९:३९

कांग्रेसको तराई-मधेश समन्वय विभागमा थप १० सदस्य मनोनीत

१४ माघ, काठमाडौं। नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा सदस्य थपेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरण यादवको नेतृत्वमा रहेको विभागमा दश जना मनोनित गरेका छन् ।

सोमबार थपिएका सदस्यहरुमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहामा अरूण कुमार सिंह, रौतहट रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरीलाई मनोनित गरिएको छ ।

कांग्रेसले ५६ विभागका प्रमुख तोकेको छ। विभाग प्रमुख तोकिए पनि कतिपयमा भने सदस्य थपिएको छैन । विधान अनुसार प्रमुख सहित ५१ जना प्रत्येक विभागमा राख्न सकिने व्यवस्था छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM