२०८३ जेष्ठ १२ गते, मंगलवार ०६:३९

‘देशमा देखिएका समस्याहरू संविधान संशोधनमार्फत समाधान गर्न सकिन्छ’

बारा । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले देशका देखिएका यावत समस्यालाई संविधान संशोधनमार्फत समाधान गर्न सकिने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन बाराले नेपाली काँग्रेस पार्टी कार्यालय कलैयामा आज आयोजना  गरेको पत्रकार सम्मेलनमा नेता निधिले संविधान संशोधनमार्फत सबै तह, वर्ग, समुदायको पहिचान हुने गरि काम अगाडी बढाउन अहिलेको सरकार कटिबद्ध रहेको  बताउनुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरि मुलुकमा स्थायी शान्ति, सुशासन कायम गर्दै विधिको शासन कायम गराउनु र डन्डहीनतालाई अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्न नेपाली काँग्रेसले सय दिने अभियानमार्फत देशभरी नेता, कार्यकर्तालाई सन्देश प्रवाह गरेको बताउनुभयो । 

नेपाली काँग्रेस र नेकपा एमालेको सरकार सहमतिअनुसार नै पुरा अवधि चल्ने भन्नुहुँदै पूर्व गृहमन्त्री समेत रहनुभएका नेता निधिले अहिले सरकार नढल्ने बताउनुभयो । 

उहाँले दुई बर्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुभएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने भन्नुहुँदै तिनै तहको निर्वाचन समेत देउवा नेतृत्वको सरकारले नै गर्ने बताउनुभयो । 

माघ ९ गतेदेखि १६ गतेसम्मका लागि नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिले आफूलाई जिल्लामा पार्टीको सङ्गठन सुदृढीकरण गर्दै चार वटै निर्वाचन क्षेत्रमा पार्टीको सबै तहलाई क्रियाशील बनाउने अभियानमा खटाएको उल्लेख गर्नुहुँदै काँग्रेस बलियो बनाउने अभियानलाई सफल बनाउन पार्टी, भातृ संस्था, सुबेच्छुक संस्था सबैलाई सक्रिय भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो । 

सो अवसरमा संविधानसभाका सदस्य डा.शोभाकर पराजुली, कलावती पासवान, नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादवलगायतको उपस्थिति थियो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM