२०८३ बैशाख २१ गते, सोमबार ११:००

विष्णु पौडेलको खेतमा भेटिएको बम सेनाद्वारा डिस्पोज

काठमाडौं । स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको हो।

खेतमा जेसिबी लगाउने क्रममा बुधबार सवा १० बजे बम फेला परेको थियो।

श्री सिंह सारदुल गुल्मा आँधीखोला ब्यारेकबाट खटिएको सेनाको टोलीले बिहीबार उक्त बम डिस्पोज गरेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

उक्त बम टुइच मोटरमा लाग्ने एचई बम रहेको प्रहरीले जनाएको छ। फलामको बोतलजस्तो खिने उक्त बम खेतमा कसरी आइपुग्यो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM