२०८३ बैशाख २१ गते, सोमबार ११:००

काठमाडौं विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं । अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।

अवैध रूपमा संकलन गरी लैजान लागेको करिब १९ ग्राम ९ सय ८० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री एक थान, ल्यापटप एक थान र मोबाइल दुई थानसहित रामेछाप सुनापाती गाउँपालिका-३ घर भएका २६ वर्षीय आदित्य योञ्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM