रूपन्देही । पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रबि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित हुनुभएको छ । उहाँको मुद्दामा आज यहाँ थुन छेकको लागि बहस हुने छ। उहाँ कार्यालय समयमै अदालतमा पुग्नुभएको हो।
लामिछानेको थुन छेक बहस रूपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा हुनेछ। यस बहसमा रूपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल र सह–न्यायधिबक्ता गोकर्ण घिमिरे लगायतले बहस प्रस्तुत गर्नुहुनेछ । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र बरिष्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्नुहुनेछ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा रुपन्देही अदालतमा आइतबार पूरक मुद्दा दर्ता भएको थियो। यस घटनामा लामिछाने, छविलाल जोशी, जीबी राई लगायत ४२ जना व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ।
















