२०८२ मंसिर २० गते, शनिबार ००:२२

प्रधानमन्त्रीको चीन भ्रमण भैंसीको मासु निर्यातमै सिमित: प्रभु साह 

काठमाडौं । आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ । भ्रष्टाचार बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचारीहरुको नामावली संकलन गर्दै सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो ।

आजपको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आजपाले बिभिन्न कार्यक्रम गर्दै आएको छ । हालै आजपाले भ्रष्टाचार एवं सरकारको मनोमानी कर आतंक बिरुद्ध काठमाडौंमा र भ्रष्टाचार बिरुद्ध मधेस यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै बैठकले भगौडा वर्गको सम्पती पहिचान गरी राज्यलाई बुझाउने, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारी गर्नका लागि संघर्षका कार्यक्रम गर्ने, तीनै तहको सरकारको कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम गर्ने, कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने, पार्टीको संगठन बिस्तार गर्दै गाउँ गाउँ र टोलटोलसम्म पुर्याउँने निणर्य बैठकले गरेको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले पार्टीद्धारा आयोजित संघर्षका कार्यक्रमलाई सशक्त रुपमा अगाडी बढाउनुपर्ने निर्देशन दिएका छन् । एक अर्को प्रसंगमा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन भएको दाबी गरेका छन् । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले हिमालय एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हाँसिल गर्न नसकेको भन्दै साहले यो भ्रमणलाई तीर्थयात्रामै सिमित भएको संज्ञा दिए ।

चीन भ्रमणको दौरान आज (मंगलबार) प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको सौहार्द भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारीपत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गरे । उनले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्धिपक्षीय सहमति तथा समझदारीमा खासै महत्व नदिनुले प्रष्ट भएको जिकिर गरे ।

साहले भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले कांग्रेसलाई खुशी तुल्याएर आफ्नो सत्ता-सुरक्षित राख्न बीआरआई कार्यान्वयनको सवालमा पछि हट्ने भनेर सम्झौता गरेको कारणले चीन उड्नु एक दिनअघि कांग्रेस र एमालेबीच सहमति भएको भनिएको ‘बीआरआई फ्रेमवर्क सहमति’ बारेपनि आजको भेटवार्तामा कुनै चर्चा हुन नसकेको आरोप लगाए ।

‘मैले त उहाँको यो भ्रमण तिर्थयात्रामा सिमित हुन्छ भनेर धेरै पहिले नै भनेको थिएँ । आज बेईजिङमा भएको सहमति हेर्दा देशको गौरव नै धुमिल भएको अनुभूति भयो । बीआरआईको कुनै चर्चा भएन । यो भ्रमण देशको लागि उपलब्धिविहीन भयो । तर, उहाँले हिमालय एयरलाईन्सलाई विजनेस दिनुभयो । त्योबाहेक अरू उपलब्धि देखिएन’ अध्यक्ष साहले भने । साथै उनले भैंसीको मासु निर्यात गर्ने समझदारी हुनु र बीआरआईको कुनै चर्चा नहुनेले पनि भ्रमण कति सफल वा असफल भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरेका छन् ।

आजपाको काठमाडौंं उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डित रेग्मीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगर, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभुषण साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM