२०८३ असार १६ गते, मंगलवार ०३:०७

हिन्दूमाथि दमन नगर्न बांगलादेश सरकारलाई विश्व हिन्दू महासंघको आग्रह 

काठमाण्ड़ौ/बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहिष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ।

महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्नु हुँदै बंगलादेश सरकारलाई त्यस्तो आग्रह गर्नु भएको हो।

बंगलादेशमा बसोवास गर्दै आएका हिन्दु धर्मावलम्वी माथि बारम्बार भइरहने आक्रमणका घटनाहरूबाट विश्व हिन्दु महासंघको चिन्तित रहेको भन्दै अध्यक्ष भण्डारीले 26 November 2024 मा बंगलादेश सम्मिलित सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरु श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुवाइ गरेको कारण जेल चलान गरेको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोले बंगलादेश सरकारबाट भएको उक्त कार्यको विश्व हिन्दु महासंघ घोर भत्सना गरेको छ ।

“घटनाले संसारभरिका हिन्दु धर्म तथा ॐकार परिवारका अनुयायीहरूमा गहिरो चोट पुगेको छ । आफ्नो देशका बंगलादेशी हिन्दुहरू जो अल्पसंख्यामा रहेका छन् उनीहरूको धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि संवेदनशील बन्दै शान्ती सुरक्षाको प्रत्याभूति गराउनको लागि बंगलादेश सरकारको ध्यानकर्षण गराउँछौँ। “- विज्ञप्तिमा भनिएको छ।

त्यहाँ स्थित स्कोन मन्दिरका सञ्चालक समेत रहेका धर्म गुरु श्री चिन्मोय कृष्णदासलाई हिन्दु धर्मको अगुवाई गरेकै कारणले किन जेल चलान गरिएको हो ? यस विषयमा गम्भीर भई यथाशीघ्र गुरु चिन्मोयको रिहाइको लागि बंगलादेश सरकार समक्ष विश्व हिन्दु महासंघले जोडदार माग गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM