२०८२ फाल्गुन ५ गते, मंगलवार ०२:३१

मधेश प्रदेशका दुई ठूला मेलालाई ध्यानमा राखेर जनकपुरधाममा प्रदेश सुरक्षा बैठक  

जनकपुरधाम । मधेश प्रदेशमा यसै महिनामा हुन लागेको दुई वटा ठूला मेला तथा महोत्सवलाई ध्यानमा राखेर मधेश प्रदेश स्तरीय विशेष सुरक्षा बैठक आज जनकपुरधाममा सम्पन्न भएको छ । 

मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको सुरक्षा बैठकमा बारा जिल्लाको गढी माईमा लागिरहेको मेला तथा जनकपुरधाममा मङ्सिर १६ गतेबाट शुरु भएर २२ गतेसम्म चल्ने श्रीसीतराम विवाह पञ्चमी महामहोत्सवलाई सुव्यवस्थित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा बैठकमा छलफल भएको हो । 

पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट श्रीसीतराम विवाह पञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि पाँच सयको सङ्ख्यामा विशिष्ट व्यक्तिहरू सहित जन्ति आउने र लाखौँ व्यक्तिहरू मेलामा सहभागी हुने कार्यक्रम रहेको छ । 

बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चितता गर्ने, जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाउने, मेलामा हुने भिडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा बृहत् छलफल भएको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । 

यसका साथै मेला तथा महोत्सवलाई निर्विघ्न रुपमा सम्पन्न गर्नका लागि स्थानीय तथा प्रदेशका निकायहरूसँग समन्वय गर्ने विषयमा छलफल भएको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकारहरूलाई जानकारी दिनु भयो । 

बैठकमा विगतको अनुभवहरूको विषयमा समीक्षा गर्नुका साथै मेलाको व्यवस्थापनका लागि कार्ययोजना तथा जिम्मेवारी निर्धारण गर्ने, मेला तथा महोत्सवको व्यवस्थापनका लागि प्रमुख कर्मचारी टोलीहरूलाई जिम्मेवारी दिने जस्ता विषयमा छलफल भएको छ । 

सुरक्षा व्यवस्था योजना, ट्राफिक व्यवस्थापन, भीड व्यवस्थापनका साथै मेलामा सिसिटिभी क्यामराको व्यवस्थापन, ड्रोन निगरानी, गस्ती तालिका, वाकी टकीज, मोबाइल कमाण्ड इकाईहरू, समन्वय बैठकहरू व्यवस्थापन विषयमा बृहत् छलफल भएको छ ।

यसका साथै मूल सडक बाहेकका गल्लीहरूमा प्रहरी गस्ती बढाउने, लागुपदार्थ तथा गाँजा सेवन गर्नेलाई नियन्त्रणमा लिने, जनकपुरधाम नगर क्षेत्रमा विना हेलमेट मोटरसाइकल गुडाउनेलाई नियन्त्रणमा लिने, चोरी तथा पाकेटमार नियन्त्रणका लागि सदा पोसाकका प्रहरी उल्लेख्य सङ्ख्यामा परिचालन गर्ने, ठूलो स्वरको डिजे बजाउने कार्यमा प्रदेश भरिमा निषेध गर्ने तथा आइतबार हुन लागेको उपचुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबै सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । 

बैठकमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, मध्य पृतना हेड क्वाटर बर्दिबासका उपरथी सुदर्शन सिलवाल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, सशस्त्र प्रहरीका नायव महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिलसिना र मधेश प्रदेश प्रहरी कार्यालय प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहोरा सहितका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM