Saturday, December 7, 2024
घरसमाचारशिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट

शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट




काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग विद्यालय शिक्षा क्षेत्र योजनामा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ ।  

आज भएको भेटवार्तामा मन्त्री भट्टराईले उहाँहरूलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको सहायताको प्रशंसा गर्नुभयो । 

उहाँले विभिन्न विकास साझेदारको तर्फबाट कार्यान्वयनका क्रममा रहेका विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोगजस्ता विषय प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।

उक्त भेटमा नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नर्वे सरकारले नेपालको समग्र शिक्षा क्षेत्रलाई बलियो बनाउन स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताउनुभयो ।

विकास साझेदार संस्थाका तर्फबाट नेपालका लागि नर्वेजियन राजदूत तोरुनको नेतृत्वमा ‘एडिबी’, ‘युएसआइडी’, ‘युनिसेफ’, ‘युरोपियन युनियन’, ‘वल्र्ड बैङ्क’, ‘जिपिइ’का प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -