२०८३ जेष्ठ १ गते, शुक्रबार ०९:४९

बहुमतको अपराधलाई वैधानिकताको प्रमाण पत्र दिने की ?

– शेर बहादुर शाह 

आदरणीय श्रीमान दुर्गा प्रसाईजीले बिरोधसभा गर्ने भनेको दिन यहि मंसिर ७ गतेको दिनमा ओली र एमालेले जुलुस प्रदर्शन गर्नुको उद्देश्य र सार्थकता केवल हामीसँग पनि धेरै मान्छे छन् भन्ने देखाउनुको अलावा अन्य के होला र ?

अन्यायी, अपराधी र अत्याचारीले संख्याको आधारमा नै आफुलाई निर्दोष साबित गर्न सक्ने कुरा होइन, सत्तासिन ब्यक्तीले त कमसेकम आफूले चलाइ राखेको सरकार र राज्यब्यबस्था, आफैले बनाएको नियम कानुन, संविधान र प्रक्रियाका आधारमा मात्र आफुलाई निर्दोष साबित गराउने प्रयत्न गर्नु पर्ने हो नि!

सत्य र असत्य, निर्दोष र अपराधीको निर्णय गर्ने प्रश्नमा बहुमत र बहुसंख्याको कुनै सार्थकता र सान्दर्भिकता हुँदैन, जुनसुकै विषयमा पनि बहुमतलाई नै प्रमाणिकताको आधार मान्न मिल्दथ्यो वा मिल्छ भने एकजना बैज्ञानिकले मात्र गरेको अविष्कार कसरी सर्व स्वीकार्य बन्न सक्थ्यो होला ?

बहुमत केवल शासनाधिकारको मात्र इजाजत साबित हुन सक्ला, अन्याय, अत्याचार र उत्पीडनको इजाजत होइन, किनकी जनताले अन्याय, अत्याचार र भ्रष्टाचार गर्ने अनुमती दिएकै होइन, बहुमतका आडमा अत्याचार र राष्ट्रघात गर्न पाइँदैन, यदि बहुमतका आडमा गरिएको अपराध जायज हो भने एउटी महिलाको सामुहिक बलात्कार गर्ने पुरुषहरुको बहुमतलाई पनि कानुन सम्मत मान्ने नियम बनाइहाल्न पर्यो, गाउँमा धेरै संख्या भएको जातीले दुईटा मात्र घर भएको अल्पसंख्यक जाती माथि गरेको अन्याय र अत्याचारलाई पनि बैधानिक कारवाही भनिदिन पर्यो देउवा र ओलीले ।।

(शाहको फेसबुकवालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM