२०८२ असार २० गते, शुक्रबार ०७:००

काठमाडौं राममन्दिर क्षेत्रको एक पसलमा आगलागी

१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी भएको हो ।

आगलागीबाट चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

रामहिटीको दमकल प्रयोग गरी राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रारम्भिक अनुमान छ । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले मानिसहरुले घर, पसल र कार्यालयहरू झिलिमिली पारेका थिए । यसैक्रममा असावधानीबस आगलागी पनि हुने गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM