२०८२ असार २० गते, शुक्रबार ०६:३४

सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गरिने




काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न) स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मातृशिशु अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पतालमा ती परीक्षण गरिने छ ।

विश्वमा छ प्रतिशत बालबालिकामा जन्मिनासाथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM