२०८२ कार्तिक २५ गते, मंगलवार ०५:२७

बाढ़ी तथा अविरल वर्षाका कारण राैतहटमा दुई अर्ब दश करोड रुपैयाँ बराबरको बाली नाली क्षति

– प्रेमचन्द्र झा

रौतहट । वाढि तथा अविरल वर्षाका कारण दुई अर्व दस करोड रुपैयां बराबरको बाली नाली राैतहटमा नाेक्सान भएका छन ।

कृषि ज्ञान केन्द्र राैतहटले सार्बजनिक गरेको तथ्यांक अनुसार १७ पालिकाका १२ हजार दुई सय असी किसानको उक्त रकम बराबरको क्षति भएको हो ।

सो तथ्यांकमा एघार हजार दुई सय अन्ठाउन्न हेक्टर जग्गामा लगाईएको घानबाली ,नाै सय छयानब्बे हेक्टर जग्गामा लगाईएको उखु बाली,चार सय सैतालिस हेक्टर जग्गामा लगाईएको तरकारी ,दुई सय तेईस हेक्टरमा लगाएको फलफुल बाली र पचास हेक्टर जग्गामा लगाईएको मकै तथा चालिस हेक्टरमा लगाईएको दालबाली वाढि र अविरल वर्षका कारणबाट क्षति भएको कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले बताए ।

किसानले केही दिन मै भित्रयाउने तयारीमा जुटेको धानबाली अविरल वर्षा र वाढीले नष्ट गरिदिएपछी अपुर्णिय क्षति भएको बताए । बर्ष दिन सोही बालीबाट आहार र व्यवहार गर्नु पर्ने आश्रीत परिवारलाई ठुलो मारमा परेको गाैर नगरपालिका वडा नम्बर ४ का किसान राम नरेश यादवले बताए । सो किसानहरुले अब केही दिनमा सुरु हुने गहु खेती तथा मसुराे खेतिबालिमा सरकारले सहयाेग गरि दिनु पर्ने किसान यादवको माग रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM