बारा/बाराको सिमरौनगढ नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत घुस सहित पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय हेटौंडाबाट आएको टोलीले निमित प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र प्रसाद साहलाई बिहिवार घुस सहित पक्राउ गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ गरिएको आयोगको कार्यालय, हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए । भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।उनलाई अख्तियारको टोलिले घुस रकम सहित कलैया उपमहानगरपालिका ४ बाट पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको सुचना अधिकारी गौतमले बताए।

















