२०८२ माघ ५ गते, सोमबार १७:५५

पूर्वएआईजी ज्ञवालीसँगै सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिंदै बटु लामिछाने

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत रहँदा विभिन्न ब्यवसायीहरुलाई दुःख दिने र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि पठाउँदैआएका पूर्वएआईजी श्यामलाल ज्ञवाली आफैं सम्पत्ति शुद्धिकरणको झमेलामा पर्ने अवस्थामा पुगेका छन् ।

ज्ञवालीले अवैध रुपमा कमाएको करोडौं रकम बटु लामिछाने, श्रीभक्त कासिछवा, गणेश कार्की लगायतका ब्यक्तिका कम्पनीमार्फत् हाइड्रोपावरदेखि विभिन्न क्षेत्रमा लगानी गरेको विस्तारै खुल्न थालेको छ । स्रोत भन्छ–लामिछानेको लगानी रहेका अधिकांश व्यवसायमा ज्ञवाली साझेदार रहेका छन् । हाइड्रोपावर कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका लामिछाने कार्यकारी अध्यक्ष हुन् । जसमा ज्ञवालीको लगानी रहेको छ । लामिछाने नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको ऊर्जा समितिका संयोजकसमेत हुन् ।

ज्ञवालीको लामिछानेको हाइड्रोदेखि अरु केही ब्यवसायीमार्फत् दुबईसम्म लगानी रहेको सूचना पाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेकोे छ । ब्यवसायी लामिछानेलाई सम्पत्तिले ताकेता गरेपछि ज्ञवाली समेत फन्दामा पर्ने देखिएको छ । स्रोतका अनुसार लामिछानेलाई सुरुमा बयानमा बोलाइसकेको छ भने अब ज्ञवाली समेत अनुसन्धानमा तानिंदैछन् । प्रहरी बृत्त बौद्धदेखि सुरु भएको ज्ञवालीको आकर्षक पोष्टिङको सिलसिला सीआईबीमा पुगेको हो । रुपन्देहीको एसपी, काठमाडौंको एसएसपी, उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै सीआईबीसम्म पुग्दा उनको ध्याउन्न कमाइतिर बढी केन्द्रित भएको देखिन्छ ।

सीआईबीमा हुँदा बाल मन्दिर प्रकरणमा ज्ञवालीले नाटकीय रुपमा भारतीय ‘रअ’को दलाली गर्ने कीर्ति पाण्डेलाई पक्राउ पूर्जी जारी गराए । र, उनैमार्फत् दर्जनौं ब्यपाारीबाट रकम असुली गरेको आरोप छ । विदेशी नागरिकलाई बयानमा बोलाएपछि पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्छ । उसको अनुसन्धान नसकिएसम्म थुनाबाट छाड्न मिल्दैन ।

ज्ञवालीेले कीर्ति पाण्डेलाई पक्राउ पूर्जी जारी हुने अघिल्लो दिन सीआईबीमा बोलाएर फलफुल खुवाएर पठाएका थिए । जुन कुरा कीर्तिमामार्फत् मारवाडी ब्यापारीहरुसँग पैसा असुल्न रहेको तथ्य पछि खुलेको थियो । पाण्डेको नाममा नाटकीय रुपमा पूर्जी जारी गरिनुको मुख्य उद्देश्य नै उनीमार्फत् नै बालमन्दिरको जग्गा प्रकरणमा संलग्न मारबाडीसँग मोलमोलाइ गर्ने रहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मै पुगेको थियो ।

लामिछानेमार्फत् ज्ञवालीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५ मेगावाटको लान्द्रुक मोदी जलविद्युतमा करोडौं लगानी गरेका छन । लान्द्रुक जलविद्युत आयोजनामा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको छ । त्यस्तै भक्तपुरका व्यापारी श्रीभक्त कासिछवाको ब्यवसायमा पनि ज्ञवाली जोडिएको सूचना अख्तियारमा पुगेको छ ।

त्यसो त ज्ञवालीले दुबईस्थित एमएस ट्रेडर्स नामक कम्पनी सञ्चालन गर्ने महेन्द्र सिंहमार्फत् पनि ठूलो लगानी गरेको स्रोतको दाबी छ । भारतको बैंगलोर घर भएका महेन्द्र दुबई बसेर सुन तस्करी, क्रिप्टोकरेन्सीको कारोबार गर्ने गर्दछन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग पनि ज्ञवाली जोडिन पुगेको सूचना अख्तियारमा पुगेको छ ।

ज्ञवालीले जागिरका दौरान कमाएको अनियमितताको रकम हाइड्रोदेखि विभिन्न सेक्टरमा लगानी गरेको तथ्य एआईजी टेकप्रसाद राईको छानबिनका क्रममा पनि खुलेको थियो । तर राईको प्रतिवेदन आईजीपी बसन्तबहादुर कुँवरले उक्त फाइल रोकेर ज्ञवालीलाई उन्मुक्ति दिएको आरोप पनि छ ।

अख्तियारले पनि १ महिनाअघि ज्ञवालीसँग जोडिएका ब्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सीआईबीदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखिसकेको छ । ज्ञवाली अघिल्लो सरकारमा रवि लामिछाने र नेकपा नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको समयमा नेपाल प्रहरीभित्र समानान्तर सत्ता चलाएर आईजीपी हुने चलखेलमा लागेका थिए ।

ज्ञवालीलाई आईजीपी बनाउन सूर्य नेपालका कर्मचारी तथा यति डिष्टीलरी र चण्डिका डिष्टिलरीका संचालक रवि केसीसमेत करोडौंको थैली बोकेर शक्तिकेन्द्रमा पुगेको समाचार त्यतिबेला आएको थियो । दुबै डिष्टीलरीमा पनि ज्ञवालीको लगानी रहेकैले आईजीपी बनाउने चलखेलमा रवि केसीको दौडधूप चलेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM