प्रेमचन्द्र झा/
राैतहट। रौतहट जिल्लाको सुरक्षा व्यवस्था दिन प्रतिदिन फितलो हुँदै गएपछि जिल्लावासीहरू त्रासमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ।
केहि समय यता प्रायः जसो निरन्तर रुपमा जिल्लामा आपराधिक गतिविधि बढ्दै गएपछि व्यवसायी देखि सर्वसाधारण नागरिक अक्रान्त बनेका छन्।
पछिल्लो पटक प्राप्त खबर अनुसार गरुडा बजारबाट घर फर्किने क्रममा अज्ञात हतियारधारी समुहले एक सुन व्यवसायी उपर खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार गरुडा र धमाैराको बिचमा सडक अरुद्व बनाई सुन व्यवसायी ३५ वर्षीय दिलिप साह सोनारमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते तुल्याएको हो ।
मंगलबार साँझ ०७:३० बजे गढिमाई नगरपालिका वडा नम्बर १ समनपुर निवासी सुन व्यवसयी सुनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन् । सो घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।घटना स्थलबाट एक नाल कटुवा बन्दुक र एउटा खुकुरी बरामद भएको उनले बताए।
घाईते सोनारको वीरगंज स्थित वयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको बुझिएको छ ।
चाड पर्वको बेला पनि सुरक्षा अवस्था कमजोर देखिएको स्थानीयले आरोप लगाएका छन् ।










