२०८२ फाल्गुन २४ गते, आईतवार १६:५७

शहरको ग्रामीणीकरण रोकौं, गाउँको शहरीकरण गरौं

बसाइँसराइलाई अर्थ–राजनीतिक प्रक्रियाबाट बुझ्नुपर्छ । मानिस स्वभावैले घुमन्ते जाति हो । त्यसो त, आफ्नो ठाउँमा सबै प्राणी घुम्छन् नै । यो क्रम अलि विकसित भएर घुम्न जाने र घुमेर झन् विकसित भएर फेरि घुम्ने द्वन्द्वात्मक अन्तरसम्बन्धमा आधारित हुन्छ । गत करिब ७० हजार वर्षदेखि होमोसेपियन्स प्रजाति अफ्रिकाबाट फैलियो र त्यो घुमेको घुम्यै छ । यति धेरै घुमेको छ कि त्यसका रूप, रंग र भाषा संस्कृतिमा असाध्यै धेरै अन्तर आएको छ । उनीहरूले २०० भन्दा बढी राज्य बनाएका छन् ।

मान्छे विभिन्न कारणले लडिरहेका छन् । यही क्रममा गाउँ र शहर बने । यो पृष्ठभूमिमा प्रवासन/बसाइँसराइको मुख्य तीन कारण छन् ।

पहिलो, मानिस आफू भएको भन्दा उन्नत ठाउँ र जीवनको खोजीमा लाग्छ । स्वाभाविक रूपमा अवसर पाउँदा कम उन्नत ठाउँबाट बढी विकसित ठाउँतिर जान्छ ।

दोस्रो, प्राकृतिक/सामाजिक विपत्ति, द्वन्द्व आदिका कारण आफू बसेको थातथलो छोडेर मानिस नयाँ ठाउँमा जान्छ ।

तेस्रो, मानिस नयाँ–नयाँ चिजको खोजी गरिरहने, एउटै विषयसँग खुसी नहुने, अलि प्रयोग गरिरहने प्रवृत्तिको सौन्दर्यशास्त्रीय चेत भएको प्राणी पनि हो । रमाइलोदेखि सुविधा र सुरक्षाका लागि मान्छे घुमिरहन्छ, एक ठाउँबाट अर्कोमा सरिरहन्छ ।

नेपालमा बसाइँसराइ

हामीले नेपालको परिभाषा नै अहिलेसम्म ठिक ढंगले गर्न सकिरहेको छैन । युरोप, अमेरिका, भारत, चीन सबै ठाउँका सबै मानिस घुमन्ते जाति हौं । नेपाल भौगोलिक रूपमा हिमालदेखि मैदानसम्म ठडिएको एउटा भर्‍याङ जस्तो भूभाग भएकोले यहाँ फरक–फरक पर्यावरणीय क्षेत्रहरू छन् । यी भौगोलिक क्षेत्रमा ऐतिहासिक कारणले पनि फरक–फरक प्रकृतिका मानिस आएर बसेका छन् ।

उत्तर हिमाली क्षेत्रतिर उत्तर तिब्बत, मले लगायतबाट आएका मानिस बसे । बीचको पहाडतिर मध्य एशियातिरका अलि शीतोष्ण खालका मानिस आएर बसे । दक्षिणपट्टिको भागमा अफ्रिका जस्ता गर्मी ठाउँ हुँदै आएर बसे । यसरी ऐतिहासिक कारण पनि जातीय, धार्मिक र सांस्कृतिक विविधता सहित मूलतः तीन धारका मानिसहरूको नेपालमा बसोबास भयो ।

अर्थ–राजनीतिक कारण खोतल्दा सुरुमा घुमन्ते युगपछि केही खेतीपाती गर्ने अभ्यास भए र त्यहीं आसपास बस्न थाले । अहिले बीसौं शताब्दीको अन्त्यसम्म पनि हामी त्यही कृषिप्रधान अर्थतन्त्रमै बाँधिएर बस्यौं । भर्खर–भर्खर मात्रै औद्योगिक, बजार र पूँजीवादी अर्थतन्त्रको विकास हुँदै विश्वसँग जोडिन थालेका छौं । त्यहीक्रममा बसाइँसराइको प्रवृत्ति एउटा रफ्तारमा अगाडि बढेको छ ।

खासगरी सुगौली सन्धि पछि नेपाल राज्य बन्यो र त्यसपछि बसाइँसराइको क्रम बढ्न थाल्यो । एउटा त राज्य विस्तारको क्रममा सहभागी ठूलो युवा जनशक्ति पछि बेरोजगार भयो र तिनलाई रोजगारीका निम्ति पहिले अंग्रेजहरूले भारतमा लगे । पछि त्यही प्रवृत्ति हुँदै गएर पहिलो र दोस्रो विश्वयुद्धमा विदेशीसँग लड्न जाने अभ्यास हुँदै आजको प्रवृत्ति विकास भयो । त्यो सकिएर आएपछि फेरि गाउँघर बस्ने कुरा भएन, भारतका शहर–बजारतिर श्रम गर्न जान थाले । त्यसले गाउँबाट विदेशतिर जाने एउटा प्रवृत्ति बन्यो ।

हाम्रोमा अलि ठूला भनिने मान्छेहरू झुरूप्प बस्दिनासाथ शहर भनिदिन्छन् । तर कृषि पेशाबाट उद्योग, सेवा, व्यापार, व्यवसाय लगायत औद्योगिक र गैरकृषि पेशामा परिणत भएको समुदाय र त्यसले निर्माण गरेको बस्ती प्रणालीलाई नै शहर भन्ने हो ।

कृषिमा संलग्न मानिस छरिएर बस्छन् तर, गैरकृषिजन्य पेशामा संलग्न मानिसहरू उद्योग र सेवा क्षेत्रको उत्पादन प्रणालीका कारण मान्छे स्वतः नजिक नजिक बस्न बाध्य हुन्छन् । यसरी शहरीकरण हुन्छ ।

त्यस्तै, औद्योगिक र व्यापारिक अर्थतन्त्रको विकास सँगसँगै गाउँबाट शहरतिर जाने क्रम बढ्यो । काठमाडौं उपत्यकाकै तीनवटा ठूला बस्तीहरू नै व्यापारिक केन्द्र हुँदै शहर बने । पछिल्लो चरणमा १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको सुरुमा भारतबाट रेलहरू नेपाली सिमानासम्म आए । त्यतिबेला नै काठ बेचेर त्यसको आम्दानीमा व्यापार गर्ने प्रवृत्ति बढ्यो । विराटनगरदेखि वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीसम्मका शहरहरू त्यसक्रममा बन्यो । त्यसले विस्तारै गाउँका मानिस सर्दै जाने प्रवृत्ति बढेको हो ।

पछिल्लोचोटि पचासको दशकपछि ९० को दशकसम्म लोकतन्त्रीकरणसँगै अर्थतन्त्रमा खुलापन बढोत्तरी हुनथाल्यो । ९० को दशकपछि झन् बढी खुलापन आयो । विश्व अर्थतन्त्रमा पनि परिवर्तन आयो र त्यसले हाम्रो प्रवासनको प्रक्रिया अगाडि बढ्यो ।

यसरी असुविधा र असुरक्षा लगायतका आन्तरिक कारणले विकर्षण (पुस) फ्याक्टर सक्रिय हुन्छ र मानिस नयाँ गन्तव्यमा धकेलिन्छ । अर्को, छिमेक वा अन्यत्र रोजगारी लगायत राम्रो सुविधा रह्यो भने त्यसको आकर्षण (पुल फ्याक्टर) ले पनि आप्रवासन बढ्ने गर्छ ।

खासगरी ९० को दशकपछि र अझ सन् २००० यता नेपालको कृषिप्रधान अर्थतन्त्र भत्कियो । खुला बजार भएपछि भारत र चीनको अर्थतन्त्रको विकासले वस्तुको आयात गरेर उपभोग गर्नु बढी सजिलो भयो । यहाँ उत्पादन गर्नुभन्दा आयातित वस्तु सस्तो भएपछि हाम्रो परम्परागत कृषिले राम्रोसँग रोजगारी दिन सकेन । फलतः हाम्रो कृषि झन् भत्कियो ।

औद्योगिक क्षेत्रमा यथोचित रूपान्तरण गर्न नसक्दा उद्योगधन्दाको विकास हुन सकेन । मुख्यतः भारतसँगको खुला सिमाना र त्यहाँका ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने कारणले हाम्रो आन्तरिक उद्योगहरू बन्नु त कता हो कता, भएका पनि भत्किए ।

गाउँको मानिस शहर आउँदै गर्दा केही मानिस पहिलेदेखि नै भारतका कोलकाता, मद्रास, बैंग्लोर लगायत शहरहरू गइरहेका थिए । अहिले पनि सबैभन्दा ठूलो संख्या भारततिरै गइराखेको छ । गाउँका गरिबसँग न दक्षता छ, न अरू देश जान पार गर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रक्रिया पूरा गर्न सक्ने अवस्था छ ।

श्रम आप्रवासन

संसारको ठूलो संख्या झण्डै २५ करोड मानिस घुमफिर गर्दा रहेछन् । तीमध्ये ७० प्रतिशत अल्पविकसित देशका रहेछन् । तीमध्ये पनि अल्पविकसित देशबाट विकसित देशतिर जाने जम्मा १५/१६ प्रतिशत मात्रै हुँदारहेछन् । बाँकी ८०–८५ प्रतिशत विकसित देश जान सक्दैनन् । ती जाने अल्पविकसित देशमध्येकै ग्लोबल साउथका अलि बढी विकसित मलेसिया, खाडीतिरै हो ।

विकासका कारण जनशक्तिको बढ्दो मागसँगै हाम्रो जनशक्ति त्यता ओइरिन थाल्यो । किनकि अहिले पनि हाम्रो ६० प्रतिशत जनसंख्या कृषिमै आश्रित छ । त्यसले सम्मानजनक रोजगारी दिन सक्दैन । त्यसैले परिवारमा नसक्ने सदस्य घरमा बसेका छन् भने सक्ने जति विदेशिएका छन् । यसरी पछिल्लो चरणको प्रवृत्ति हेर्दा आकर्षण र विकर्षण दुवै कामयावी भए पनि अझ विकर्षण तत्व बढी प्रभावी रह्यो ।

यो पृष्ठभूमिमा नेपालबाट बाह्य आप्रवासन ह्वात्तै बढ्यो । अझ पछिल्लो चरणमा शिक्षित जनशक्ति बढेको र सामाजिक सञ्जालले संस्कार संस्कृतिमा प्रभाव परेर मध्यम वर्गमा उक्लिएका एउटा वर्गको सन्तान खासगरी पढ्न विदेशिने र उनीहरूका अभिभावक पनि सँगै जाने प्रवृत्ति बढिरहेको छ ।

सन् २०२३ को तथ्याङ्क अनुसार साढे ७ लाख नेपाली श्रम गर्न बाहिर गएका छन् भने एक लाख १२/१५ हजार युवा पढ्न गएका रहेछन् । यसरी झण्डै ८/९ लाख मानिस त्यसरी गए जुन रेकर्डेड छन् । अनरेकर्डेड भएर भारत लगायतका देश एकै वर्ष १८–२० लाख गइरहेका छन् । गत वर्ष त सबैभन्दा बढी नै बहिर्गमन भइरहेको देखिन्छ ।

अलिअलि पश्चिमा देशतिरको आकर्षण बढेको भए पनि कुल संख्या हेर्दा त्यति ठूलो होइन । ५० हजार, १ लाख नै गयो भने पनि त्यो ठूलो संख्या होइन । यसमा सामाजिक सञ्जालको प्रभाव परेका युवाको अप्पर मोबाइल वर्ग अर्थात् माथि उक्लँदै गरेको वर्ग बढी सक्रिय देखिन्छ ।

नेपालमा शहरीकरण भएकै छैन

प्रक्रियागत रूपमा हेर्दा नेपाल वास्तवमा शहरीकरण भएकै छैन । मैले ४० वर्ष अगाडिको मेरो थेसिसमा पनि शहरीकरणका खास सूचक बारे लेखेको थिएँ । गैरकृषिजन्य पेशाको बाहुल्य, यातायात, पानी, ढल निकास, बस्ती विकास लगायत न्यूनतम सेवा–सुविधा हुनुपर्छ । त्यस्तै, बसोबासको जनघनत्वको पनि न्यूनतम आधार हुनुपर्छ भन्ने आधारमा शहर र गाउँको वर्गीकरण गरिन्छ ।

तर नेपालको शहरहरूमा पनि खासै त्यस्तो देखिंदैन । अहिले कानुनी रूपमा नगरपालिका भनेर घोषणा गरेका छौं तर ती अधिकांश गाउँले इलाका नै हुन् । नगरपालिका घोषणा हेर्दा नेपालमा ६० प्रतिशतभन्दा बढी शहरीकरण भएको देखिए पनि नेपालमा शहरी जनसंख्या २७ प्रतिशत मात्रै पुगेको छ । पछिल्लो शहरीकरणको मापदण्ड अनुसार भने जनसंख्या बढीमा ३० प्रतिशत होला । ७० प्रतिशत जनसंख्या त अझै गाउँले परिवेशमै बस्छ ।

नेपालको सन्दर्भमा यो शहर र गाउँको अवधारणालाई औपचारिक वर्गीकरण भन्दा पनि वास्तविक अभ्यासका हिसाबले हेर्नुपर्छ । पहिले ग्रामीण भेगमा मान्छे थिए बाटो थिएन । अहिले बाटो जाँदैछ मान्छे छैनन् । संक्रमणकालीन समाजको चारित्रिक विशेषता यस्तै हुन्छ । त्यसैले शहरको ग्रामीणीकरण हैन, गाउँको शहरीकरण गर्ने नीति/योजना अनुसरण गर्नुपर्छ ।

हाम्रोमा गाउँको शहरीकरण हुनुपर्ने हो । यो भनेको गाउँतिर शहरी सुविधा– भौतिक पूर्वाधार, बसोबास प्रणाली र आधुनिकताका अन्य मापदण्ड पुग्नुपर्ने हो । तर भएका शहरहरूमा उही गाउँको पछौटेपन गइरहेको छ र एकप्रकारले शरणार्थीहरू थुप्रिएर फोहोर बढेको छ । नदीनाला ढलमा परिणत भएका छन् । खुला ठाउँ बाँकी पनि छैन । मान्छे पूरै कंक्रिटको जंगल बनाएर बसिरहेको छ । यो त शहरको ग्रामीणीकरण भयो । ग्रामीण भनेको पछौटेपन बुझिन्छ । यसरी हाम्रो गाउँको शहरीकरण हुनुपर्ने ठाउँमा शहरको ग्रामीणीकरण भइरहेको छ ।

दोसाँधमा फसेको नेपाल

हाम्रोमा जे भइरहेको छ त्यो अस्वाभाविक होइन । इतिहासमा एउटा प्रणाली भत्किएको र अर्को प्रणाली नबनिसकेको संक्रमणकालमा हुने यस्तै हो । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक प्रणालीलाई पूँजीवाद, समाजवाद, सामन्तवाद जुनसुकै नाम दिए पनि सामान्य भाषामा कृषिप्रधान र गैरकृषिप्रधान अर्थतन्त्रको दोसाँधमा नेपाल रहेको छ । यो भनेको कृषिप्रधान अर्थतन्त्र भत्कियो तर औद्योगिक अर्थतन्त्रको विकास भएन । यस्तो दोसाँधमा नेपाल केही दशकयता नेपाल फसेर बसेको छ । यो लम्ब्याइएको संक्रमणकाल बन्यो ।

भन्न त हामी यति वर्षमा यति सरकार बने भनेर राजनीतिक अस्थिरताको कुरा गर्छौं । यो त बाहिर देखिने सूचक मात्रै हो । अन्तर्यमा हेर्ने हो भने जनताको परम्परागत जीवनशैली, पारिवारिक सम्बन्ध, उत्पादन प्रणाली लगायत धेरै कुरा भत्कियो । प्रेम, विवाह जस्ता मान्यता सामाजिक सञ्जाल लगायतको कारण सबै भत्किएको बेला पर्‍यो । अर्को योभन्दा उन्नत प्रणालीले आकार लिइरहेको छैन ।

यसको गाउँ र शहरमा प्रभाव राम्रो देखिएन । परम्परागत ढंगको गाउँ आत्मनिर्भर हुन्थ्यो । पर्यावरण स्वच्छ हुन्थ्यो । सांस्कृतिक सम्बन्धहरूमा सामूहिकता बढी हुन्थ्यो । अहिले त्यो पनि भत्किएको छ । सामाजिक सञ्जाल र मानिसको आवतजावतले गर्दा भुइँफुट्टा, सुकुलगुण्डे संस्कृति गाउँघरतिर प्रवेश गरिरहेको छ । अर्थतन्त्रको हिसाबले भन्दा तात्तो–न–छारोको पत्रु खाना, कोकाकोला जस्ता पेय पदार्थको उपभोग बढ्दा खानपानको अभ्यास पनि बिगारेको छ । यसरी गाउँ पनि भताभुङ्ग भएको छ ।

यता शहरको त झन् जग नै छैन । औद्योगिक अर्थतन्त्र विकास भएको छैन । गाउँले शरणार्थीहरू मात्रै आएर बसेको र रेमिट्यान्सको भरमा विदेशबाट आयातित वस्तुको खपत गर्ने ठाउँ बनेको छ । फोहोर फ्याँक्ने ठाउँ जस्तो शहर बनेको छ । त्यसले न शहर शहर जस्तो छ न गाउँ गाउँ जस्तो । तर यो अवस्था सधैं रहँदैन ।

संसारबाट के सिक्ने ?

अन्यत्र पनि यस्तो थिएन भन्ने होइन । यूरोप अमेरिकामा पनि सय डेढ सय वर्ष पहिले त्यस्तै भएको थियो । अहिलेको चिल्लो शहर हुनुअघिको विगत कस्तो थियो, बिर्सनुहुँदैन ।

संसारको सबैभन्दा राम्रो भनिने पेरिस पनि कुनै बेला हाम्रो जस्तै लद्दु शहर थियो । त्यहाँका कठोर स्वभावका गृहमन्त्री हसम्यानले पूरै लिंड्को लगाएर सुकुम्बासी बस्तीलाई भत्काइदिएर योजनाबद्ध रूपले हरियाली पेरिस शहर बनाएका हुन् । त्यसरी जबरजस्ती सुकुम्बासी बस्ती हटाउनुलाई हसम्यानाइजेसन भनिन्छ ।

नेपालमा त केही पनि भएकै छैन । यहाँ त बाँदरे प्रवृत्ति छ । आफू पनि नगर्ने, अरूलाई गर्न पनि नदिने । जेहोस् संक्रमणकालमा यस्तो हुन्छ । कृषिप्रधान अर्थात् सामन्ती युगीन अर्थतन्त्र र प्रणाली भत्किएर पूँजीवादी औद्योगिक अर्थतन्त्र विकास नभएको संक्रमणमा हुने प्रवृत्ति, चरित्र, गुण र लक्षण अहिले नेपालमा छ । तर सधैं यस्तो भइराख्नुपर्छ भन्ने छैन ।

यसलाई योजनाबद्ध र सचेतन ढंगले सोचेर लैन सक्दा सकिन्थ्यो । विश्वकै ५७ प्रतिशत जनसंख्या शहरी भइसक्यो, जुन बढेर ७०–८० प्रतिशतसम्म हुन्छ । संसार नै यो दिशातिर गइरहेको छ । त्यसैले नेपाललाई पनि त्यो प्रक्रियाबाट रोक्न सक्दैनौं । त्यसैले व्यवस्थित शहरको योजना बनाऔं भनेर अर्थमन्त्री र प्रधानमन्त्री हुँदा मैले शहरी विकास मन्त्रालय भनेर अलग्याइदिएँ ।

काठमाडौं उपत्यका राजधानी भएको शहर हो । यसलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर योजना कार्यान्वयन गर्नुपर्छ । अरू शहरहरूमा पनि पूर्वाधार विकास गर्न मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र उत्तर–दक्षिणका करिडोरहरू निर्माण गरेर क्रसिङ प्वाइन्टहरूमा ठूला खालका शहरहरू बनाउनुपर्छ । त्यसका भित्रभित्र साना–साना शहर बनाउने योजना मैले अगाडि बढाएको थिएँ ।

यसरी ठूला, मध्यम र साना शहरका शृङ्खला निर्माण गरेर सम्पूर्ण देशको बस्ती प्रणाली बनाउनुपर्छ भन्ने अवधारणा मैले अगाडि सार्न खोजेको थिएँ । तर हाम्रो राज्य प्रणालीले अहिले पनि स्थायी आकार लिन सकिरहेको छैन । त्यसैले अस्तव्यस्तताको अवस्था छ । यो गम्भीर छ ।

दोस्रो, हामी संघीयतामा जानुपथ्र्यो, गयौं । यो सकारात्मक विषय हो । तीन तहको संघीयताको अभ्यासमा संघीय राजधानी, प्रदेश राजधानी र स्थानीय तहका केन्द्रहरूलाई नवोदित शहरको रूपमा योजनाबद्ध ढंगले अगाडि सार्ने राम्रो मौका थियो हामीलाई । भुइँचालो गएको बेला कम्तीमा यो एउटा दुर्घटना भए पनि यसलाई राम्रो अवसर दिन सक्छ भनेको थिएँ । भत्किएका गोरखादेखि सिन्धुपाल्चोक–दोलखासम्म व्यवस्थित शहरीकरण गरौं भनेको थिएँ ।

जस्तो– गोरखामा माथिल्लो र तल्लो बेल्टमा दुई तीन वटा शहर बनाउन सकिन्थ्यो । मध्यपहाडी लोकमार्गको छेउछाउमा सल्यानटार, नुवाकोट हुँदै सिन्धुपाल्चोकसम्मका तल्ला बेल्टमा योजनाबद्ध बस्ती विकास गरौं र भीर–पखेरामा बस्ती नबसाऔं भनेको थिएँ तर त्यसरी काम भएन ।

त्यसैले विपत्तिले पनि बसाइँसराइ ल्याउँछ । प्राकृतिक विपत्तिले दिएको नयाँ अवसर हामीले गुमायौं । व्यवस्थित शहरीकरणतर्फ जान सकेनौं । फेरि पनि संघीयता अन्तर्गत स्थानीय तहका केन्द्रहरूलाई इमर्जिङ टाउनका रूपमा योजनाबद्ध रूपमा अगाडि लैजान सक्नुपर्छ ।

मूलतः हाम्रो जनसंख्याको फ्लो तराईमधेशतिरै स्वतः नै छ । आर्थिक कारण र अन्य आकर्षण गर्ने (चुम्बकीय) गुणले पनि उता तान्छ । त्यसैले हुलाकी राजमार्गलाई छिटो पूरा गरेर वरिपरिका राजविराजदेखि सिरहा लगायतका शहरहरू कस्तो कस्तो कुण्ठित भएर बसिराखेका छन्, तिनलाई पनि जीवन दिनुपर्छ । तराई मधेशमा व्यवस्थित खालको शहरीकरण गर्न सक्छौं । पहाडमा पनि मध्यपहाडी लोकमार्गको बीचबाट १० वटा शहर बनाउने भन्यौं । १० भन्दा पनि साना–ठूला अलि धेरै नै शहरहरू विकास गर्नुपर्ने थियो ।

कोशी, गण्डकी र कर्णाली उत्तर–दक्षिण करिडोरका क्रसिङहरूमा अलि ठूला र मध्यम खालका शहरहरू र स्थानीय तहका केन्द्रहरूमा साना शहरहरू बनाउन सक्यौं भने व्यवस्थित शहरीकरण हुनसक्छ । र जनसंख्याको वितरण पनि हुनसक्छ ।

मेरो आदर्शः कस्तो गाउँ, कस्तो शहर ? 

वास्तवमा गाउँ र शहर भन्ने नै हुनुहुँदैन । वस्तुगत रूपमा बस्ती प्रणालीहरू हुन्छन् तिनको सेवा प्रवाहको कारणले अलग अलग साइज हुन्छ । त्यसको सिद्धान्त नै छ । ठूलो शहरले ठूला, मध्यमले मध्यम र सानाले साना प्रकृतिका सेवाहरू दिन्छ । यसरी सेवाको आधारमा तिनको आकार बन्ने हो ।

त्यो त शास्त्रीय ढंगले निर्माण हुनेक्रममा स्वस्फूर्त ढंगले हुन्छ । अब त स्वस्फूर्त होइन योजनाबद्ध ढंगले नै हामी गर्न सक्छौं । विश्व अर्थतन्त्र, क्षेत्रीय र राष्ट्रिय अर्थतन्त्र पनि मान्छेको चेतना, चलायमानता र कनेक्टिभिटीका कारण जोडिएर गएको छ ।

यसरी योजनाबद्ध ढंगले नै शहरको वरिपरि पेरी अर्बान अर्थात् काँठको विकास गर्नुपर्छ । हामी काँठ भनेर अलि गिज्याउन खोज्छौं । काँठलाई शहरका सुविधाबाट निकट राख्ने र गाउँले स्वच्छ प्राकृतिक चरित्र पनि कायम राख्न सकियो भने अबको स्थिति भनेको मेगासिटी, कंक्रिट जंगलहरू बनाउनु सट्टा इन्टिग्रेटेड खालको क्षेत्रीय विकास संरचनाहरू बनाउने र स्वतः नै सेवाहरूको केन्द्रीकरणले केही अलि ठूला हुनु त पर्छ । अहिले हामीले गरिरहेको अभ्यासलाई बदलेर नेपालको सन्दर्भमा हिमाल, पहाड, तराईको प्राकृतिक बनोटको कारणले पनि योजनाबद्ध ढंगले जानसक्ने सुविधा हामीलाई छ ।

काठमाडौंलाई फास्ट ट्रयाकबाट जोडेर यहाँको राष्ट्रिय राजधानी नै हटाएर सांस्कृतिक शहरको रूपमा राख्नुपर्छ । राष्ट्रिय राजधानीमा प्रशासनिक कामहरू गर्ने न हो । यसका लागि हेटौंडा, चितवन, सिन्धुली वा धुलिखेल कतै लैजान सकिन्छ । यसरी मेगासिटीको नाममा भइरहेको अत्यधिक केन्द्रीकरण रोक्न सकिन्छ । अलि विकेन्द्रित र मध्यम खालको शहर बनाउँदा हुन्छ ।

गाउँ विशुद्ध खालको गाउँ र पूरै छरिएको हुनुहुँदैन किनभने त्यो कृषि अर्थतन्त्रको बेलामा ठूलो जमिनको वरिपरि बस्नुपर्ने र जमिन सार्न नसकिने हुनाले छरिएका बस्ती बनेका हुन् । अब त्यस्तो प्रकारको निर्वाहमुखी कृषि अर्थतन्त्रको युग गइसक्यो । जसले उत्पादकत्व बढाउँदैन, त्यसको जरुरत छैन ।

ठूलो स्केलका हजारौं बिघा जमिनका फार्महरू बनाउन पनि हाम्रो भूगोल त्यति उपयुक्त छैन । त्यसैले मध्यम स्तरका कृषि फार्म बन्न सक्छन् । त्यसैले अहिले जस्तो छरिएको भन्दा १५–२० हजार जनसंख्या भएका बस्तीहरू सामान्यतः १० हजारभन्दा माथिकालाई पनि शहरी क्षेत्र भन्ने प्रचलन छ । २५–३० हजार जनसंख्या भएका शहर र त्यसको वरिपरि खुला ठाउँ प्रशस्त राख्न सक्यौं भने काँठ (पेरी–अर्बान एरिया) जस्ताको बाहुल्य भएको बस्ती विकास गर्नुपर्छ ।

काठमाडौं, पोखरा जस्ता केही शहरहरू त प्राकृतिक रूपमै बन्छन् । १५–२० वटा त्यस्ता शहर बन्लान् । तर अरू अधिकांश बस्ती भने पेरी अर्बान एरियाहरू बनाएर जहाँ शहरी सुविधा, ग्रामीण वातावरण र संस्कार र संस्कृतिहरू हाम्रो मौलिकता सहितको कायम राखेर जान सक्ने सम्भावना छ । त्यसअर्थमा नेपाल एउटा हरित विकासको एउटा राम्रो नमूना हुनसक्छ ।

कार्बन उत्सर्जन हुने ऊर्जाको प्रयोग नगर्ने, जलविद्युत्, हावा र सौर्य ऊर्जा, हाइड्रोजन ऊर्जा लगायत प्रयोग गर्ने र जनसंख्याको अति ठूलो केन्द्रीकरण नगर्ने, मध्यम स्तरको पेरी अर्बान खालका बस्तीहरू निर्माण गर्ने र अर्थप्रणाली पनि केही कृषि, केही कृषि–पर्यटन खालका व्यवसायहरू र बढी अहिलेको इन्टरनेट प्रविधि मैत्री खालका जोडिएका ज्ञान र अन्य आवश्यक सेवाहरू हुन्छन् त्यस्ता ढंगको गरियो भने र त्यसले योजनाबद्ध ढंगले र स्पेसहरू प्रशस्त मात्रामा राखेर सांस्कृतिक केन्द्र र भूउपयोग योजना राम्रोसँग बनाएर राख्यौं र अलि प्राकृतिक संरक्षण पनि ठिक ढंगले गर्न सक्यौं भने सुन्दर ठाउँ बन्न सक्छ ।

हाम्रो जस्तो जुन भिरालो जमिनहरू छन् त्यहाँ बसोबास गराउने र त्यहाँ बाटो लगायतका पूर्वाधार बनाउने गलत काम भइरहेको छ । त्यसलाई रोकेर ती ठाउँमा एग्रो फरेस्ट्रीको विकास गरिदिए भइहाल्छ । तलका मैदानी र टार भागहरूमा चाहिं त्यस्ता बस्तीहरू बनाएर लैजान सक्दा नेपाल एउटा सुन्दर हरित विकासको नमूना बन्न सक्छ । तर यसको निम्ति शर्त, राजनीतिक स्थिरता कायम गर्ने र दूरदृष्टियुक्त राजनीतिक नेतृत्वको पहलमा हामीले योजनाबद्ध ढंगले यसलाई अगाडि बढाउन सक्यौं भने नेपाल २१औं शताब्दीमा बस्ती विकासको एउटा मोडेल बन्न सक्छ ।

केही टिप्स स्थानीय तहलाई

मानवको उन्नत जीवनको लागि केही आधारभूत र अत्यावश्यक सेवाहरूमा पहिलो आवश्यकता गुणस्तरीय शिक्षा नै हो । यस्तो शिक्षा आफ्नो बस्ती नजिकै प्राप्त हुने अवस्था राज्यले सुनिश्चित गरिदिने हो भने मान्छे त्यहीं नै बस्छन् ।

अहिले अधिकांश मानिस यसैको अभावमा शहर पसेका छन् र कर्मचारीहरू र अरू पढे–लेखेका मानिसहरू पनि शहर छाड्न मान्दैनन् । छोराछोरीको शिक्षाको लागि नै हो ।

त्यसैले हामीले उच्च माध्यमिक तहसम्मको शिक्षा त संविधानले नै दायित्व लिएर उच्च र स्तरीय शिक्षा सबैलाई बराबरी ढंगको गर्दियो भने मानिस कहीं जानै पर्दैन । यसमा अलि कडाइ पनि गर्नुपर्छ । अमेरिकामा जस्तै जुन इलाकामा बस्ने हो त्यहीं भर्ना गर्नुपर्ने व्यवस्था पनि गर्नुपर्छ । धेरै उदार हुनुहुँदैन । जहाँ बस्छ अथवा काम गर्छ त्यहीं पढाउनुपर्ने व्यवस्था गर्नुपर्छ । यो हामीले गर्न नसक्ने कारण छैन ।

पहिले त स्थानीय तहलाई त्यो अधिकार र स्रोत उपलब्ध गराउनुपर्छ  र उनीहरूलाई सुरुमा ज्ञान, सीप र प्रविधिहरू उपलब्ध गराइदिनुपर्छ । प्रत्येक स्थानीय तहमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ । स्थानीय तहका खास खास केन्द्रमा (ग्रामीण क्षेत्रमा पनि) स्तरीय स्वास्थ्य सेवा पनि सुनिश्चित गर्नुपर्छ ।

हाम्रो परम्परागत कृषिलाई तीव्र गतिमा रूपान्तरण गरेर रोजगारीको अवसर बढाउनुपर्छ । वित्तीय लगायत सेवा–सुविधा राज्यले नै सुनिश्चित गरेर कृषिको आधुनिकीकरण गर्नुपर्छ । ताकि सीमित युवाहरू कृषिमा लागेर रोजगारी पाऊन् । त्यसपछि गैरकृषि उद्योगहरू, सेवा क्षेत्रका रोजगारीहरू स्वतः नै उत्प्रेरित गरेर ती ठाउँहरूमा सिर्जना गर्न सक्दा फेरि हाम्रा गाउँहरू आधुनिक र बस्न लायक स्थल भएर आउन सक्छन् ।

(पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM