२०८२ फाल्गुन २४ गते, आईतवार १६:११

यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

२२ असोज, काठमाडौं । यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म)को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले प्रष्ट्याइन् ।

अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ ।

विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागभा सदरभन्दा बढी गर्मी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

कोशी प्रदेशका मध्य भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना भने ३५ देखि ४५ प्रतिशत छ । बाँकी भूभागमा भने सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यस्तो छ वर्षाको आँकलन

यसैगरी कोशी प्रदेश, बागमती, प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

यसैगरी कोशी प्रदेशको दक्षिणी भाग, मधेश प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तरपश्चिमी भाग र गण्डकी प्रदेशको दक्षिण पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

यस्तै कणाली प्रदेशको मध्य तथा उत्तरी भाग र सुदूरपश्चिमको उत्तरी भागमा सरदरभन्दा कम वर्ष हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

गत वर्षको हिउँदमा पनि मौसमविदले सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेका थिए । गत असोज २१ गते जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उल्लेख थियो।

तर सो प्रक्षेपण नमिलेर गत वर्ष हिउँद र प्रि–मनसुन सिजन सुक्खा भएको थियो ।

त्यसो त हिउँदयाममा नेपालमा कम पानी पर्छ । जून महिनादेखि अक्टोबरसम्मको मनसुन अवधिमा वर्षभरिको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। हिउँदयाममा भने कुल वार्षिक परिमाणको ३-४ प्रतिशतमात्र पानी पर्ने गरेको छ। हिउँदयाममा वर्षा कम हुँदा सुख्खाका कारण डढेलो लाग्ने र वायु प्रदूषण बढ्ने गर्दछ ।

वर्षा र तापक्रम प्रक्षेपणको आधार

मौसमविदहरुका अनुसार ऋतुगत जलवायु विभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ ।

विभागले यो आँकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आँकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनको आधारमा यस वर्षको हिउँदको सम्भावित मौसमी अवस्था प्रक्षेपण गरिएको हो ।

यो आँकलन गर्दा नेपालको अक्टुबरदेखि डिसेम्बरसम्मको अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो र हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था तथा अन्तरऋतु परिवर्तनशीलताका कारकहरुलाई समेत मध्यनजर गरिएको विभागले जनाएको छ ।

हाल प्रशान्त महासागरमा एन्सो तटस्थ अवस्थामा रहेको र डिसेम्बरसम्म लालिनाको अवस्था देखा पर्ने आँकलन वैज्ञानिकहरुले गरेका छन् ।

त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र आगामी डिसेम्बरसम्म तटस्थ नै रहने सम्भावना रहेको मौसमविदको भनाइ छ । यद्यपि ऋतु परिवर्तन हुने समयमा विद्यमान जलवायु प्रारुपहरुले यस्ता प्रणालीको शतप्रतिशत पूर्वानुमान गर्न भने नसक्ने मौसमविदहरु बताउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM